Headline

आयरल्याण्डको क्रिकेट इतिहासमा दक्षिण अफ्रिकामाथि पहिलो जित

Published

on

आयरल्याण्डले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक दक्षिण अफ्रिकालाई हराएको छ ।

एण्डी बालबर्नीको आकार्षक शतकको मद्दतमा आयरल्याण्डले सोमबार भएको एकदिवसीय अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिकामाथि ४३ रनको फराकिलो जित हात पार्यो । बिश्व क्रिकेटमा जायन्ट किलरको ट्याग पाउदै आएको आयरल्याण्डले दक्षिण अफ्रिकामाथि यो पहिलो जित हात पारेको हो ।

आयरल्याण्डले टेस्ट राष्ट्र बन्नु अघि नै पाकिस्तान, इंगल्याण्ड र वेष्ट इण्डिज जस्ता महारथी देशहरुलाई हराइसकेको थियो ।

कप्तान बालबर्निले बलियो शुरुवात दिलाएपछि आयरल्याण्डले डब्लिनमा पांच विकेटको क्षतिमा २ सय ९० रन बनायो । एण्डी म्याकब्राइन, मार्क अडेयर र जोस लिटलले २-२ विकेट लिएपछि दक्षिण अफ्रिका ४८ दशमलव ३ ओभरमा २ सय ४७ रनमै अलआउट भयो ।

ओपनर जानेमन मलनले पाहुना टोलकिा लागि सर्वाधिक ८४ रन बनाएका थिए । उनले तेश्रो विकेटका लागि रासी भान डर डसेनसंग १ सय ८ रनको साझेदारी गरेतर उनको विकेट पतनसंगै दक्षिण अफ्रिकी इनिंगस धर्मराएको थियो ।

मलनले ९६ बलको सामना गर्दै ७ चौका र ४ छक्का प्रहार गरे । भान डर डसेनले ७० बलमा ४९ रन जोडे ।

यसअघि पल स्टर्लिंग (२७) संग पहिलो विकेट का लागि ६४ रनको शुरुवात गरेका बालबर्नीले अर्को दुई महत्वपूर्ण साझेदारी खर्दै आयरल्याण्डको बिशाल स्कोरको आधार खडा गरेका थिए ।

उनले म्याकब्राइनसंग ६० र ह्यारी टेक्टरसंग ७० रनको साझेदारी गरे । बालबर्नीले १ सय १७ बलमा १० चौका र दुई छक्काको मद्दतमा १ सय २ रन जोडे ।

टेक्टर र जर्ज डकरेलले त्यसपछि आयरल्याण्डलाई चाहिए अनुरुपको फिनिसिंग दिएका थिए । दुई मध्यक्रमका ब्याट्स्म्यानले बालबर्नी पेभिलियन फर्किएपछि चौथो विकेटका लागि ९० रन जोडे ।

टेक्टरले ६८ बलमा ७९ रन बनाउदा ६ चौका र चार छक्का हिर्काए भने डकरलेले २३ बलमै ४५ रन ठोकेका थिए । उनको इनिंग्समा पांच चौका र दुई छक्का सामेल थियो ।

Click to comment

Trending