Headline

दोस्रो हाफमा इटालीको गोलमा फाइनल एक्स्ट्रा टाइममा

Published

on

दोस्रो हाफमा इटालीले बराबरी गोल गरे पछि युरो २०२० फाइनल खेल पनि एक्स्ट्रा टाइममा पुगेको छ । खेलमा इङ्ल्याण्डका लागि दोस्रो मिनेटमै लुक श ले गोल गरे पनि दोस्रो हाफमा इटालीका लागि लियोनार्दो बोनुचीले गोल गरे पछि खेल एक्स्ट्रा टाइममा गएको हो ।

खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्डले लुक श को गोलमा अग्रता लिएको थियो । काउन्टर अट्याकमा दायाँ विंगबाट काइरान ट्रीपिएरले दिएको क्रसलाई शाले बायाँ भागबाट हाफ भलीमा गोल गरेका थिए ।

पहिलो हाफ इङ्ल्याण्डले इटालीको खेललाई चल्न पनि दिएको थिएन । इटालीले कुनै पनि प्रहार पोस्टमा राख्न नसकेको पहिलो हाफमा कुनै खेलाडीले मुभ बनाउन सकेको थिएन ।

दोस्रो हाफमा भने इटालीले बिस्तारै लय समाएको छ । ६२ औँ मिनेटको फेड्रिको किएजाको प्राहरमा पिकफर्डले बचाएका थिए । तर, ६७ औँ मिनेटमा इटालीले बराबरी गोल फर्काएको थियो । कर्नरबाट आएको बलमा चिलिनीले गरेको हेडरमा डिफेन्स गर्न नसकेको इङ्ल्याण्डलाई बोनुचीले गोल गराएका थिए ।

त्यस पछि इटालीले १० सटहरु प्रहार गरे पनि पोस्टमा भने राख्न सकेको थिएन तर पनि खेल एक्स्ट्रा टाइममा पुर्याउन इटाली सफल भयो ।

Click to comment

Trending