Headline

थ्री नेसन्स कपका बिजेता खेलाडी प्रधानमन्त्री द्वारा सम्मानित

Published

on

नेपाल सरकारले थ्री नेसन्स कप फुटबलको उपाधि विजेता नेपाली खेलाडीहरुलाई पुरस्कार प्रदान गरेको छ । थ्री नेसन्स कप विजेता राष्ट्रिय टिमका खेलाडीहरुलाई जनही ४ लाख नगत सहित पुरस्कृत गरेको हो ।

३७ वर्षपछि घरेलु भूमिमा पहिलो उपाधि जित्ने क्रममा नेपालले दशरथ रंगशालामा गत चैतमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा बंगलादेशलाई २–१ गोल पराजित गरेको टोलीलाई प्रधामन्त्री निवास बालुबाटारमा आईतबार एक कार्यक्रमबिच प्रधामन्त्री केपी शर्मा ओलीले खेलाडीहरुलाई नगत सहित पुरस्कृत गरेका हुन् ।

उक्त जित पश्चात मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४–४ लाख दिने निर्णय गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस अघीनै विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको छ ।

उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको थियो ।

Click to comment

Trending