Euro 2020

युरो २०२० : ‘होम’ आउँदै कि रोम जाँदै ?

Published

on

इङ्ल्याण्डका खेलाडी सहित वेम्बलीमा उपस्थित इङ्लिस समर्थकले गाएको गीत थियो, ‘इट्स कमिङ होम’ । इङ्ल्याण्डले यो गीत ५५ वर्ष अघि देखी नै गाउँदै आएको छ । १८६३ मा अधिकारिक रुपमा फुटबल एसोसिएसनको नामले फुटबल संघ खोलेको इङ्लिस समर्थकका लागि इङ्ल्याण्ड फुटबलको पहिलो घर हो ।

१९६६ मा विश्वकप फाइनल जिते पछि पहिलो पटक कुनै प्रतियोगिताको फाइनलमा पुगेको इङ्ल्याण्डका लागि आफ्नो उपाधि खडेरी तोड्ने मौका छ र साथ साथै इटालीका लागि पनि । अझै इटालीका डिफेन्डर गर्जियो चिलिनीका लागि यो उपाधिले धेरै मान्य राख्छ ।

“म कती वर्ष भए ३६ ? तेस्तै होला । यही समय हो जस्तो कुरामा पनि अली धेरै नै आशा लाग्छ र अझै यसको लागि लागेको मेहिनेत र लगान सोच्ने हो भने अझै धेरै,” चिलिनी भन्छन् ।

सधैं उच्च स्तरका खेलाडी भए पनि उपाधिको खडेरी लागेको अर्धसतक पुराएको इङ्ल्याण्डका लागि घरमै हुन लागेको मौकालाई गुमाउन चाहँदैन ।

यता इटालीले पनि १९६८ मा युरोको उपाधि जिते पछी दुई विश्वकप चुम्यो तर युरोपियन च्याम्पियन्शिपको भने गन्ध भेट्टाएको छैन । तर इटाली युरो फाइनलका लागि परचित टोली हो २००० र २०१२ मा फाइनल खेलेको इटाली दुवैमा पराजित भयो तर फेरी अज्जुरीलाई अर्को मौका जुरेको छ ।

कोरोना भाईरसका कारण बहिरी दर्शक आउन नपाउने भए पछि ६६ हजार दर्शकको सामु इङ्ल्याण्ड र इटाली खेल्दै गर्दा इङ्ल्याण्डले १९६६ एउटा नयाँ उत्सव हेर्ने छ । इङ्ल्याण्ड प्रशिक्षक ग्यारेथ साउथगेट पनि नजन्मिएको वर्ष इङ्ल्याण्डले विश्वकप उचालेको थियो तर अब उनलाई यस्तो मौका छ कि उनी आँफैले अर्को प्रख्यात उपाधि आँफै उचाल्न सक्ने छन् ।

युरो ९६ मा जर्मनी विरुद्ध पेनाल्टीमा चुकेका साउथगेटका कारण इङ्ल्याण्ड फाइनल पुग्न बन्चित भएको थियो तर अब भने उनलाई त्यो भारा तिर्ने मौका आएको छ ।

इटालीलाई पनि आफ्नो समर्थकलाई खुशी दिने मौका छ । २०१८ को विश्वकप गुमाए यता एक युगको अन्त्य नै देखेको इटालीका लागि यो प्रतियोगिता खुशी दिने एक मात्र स्रोत हुने छ । कोरोना भाईरसका कारण एक समय तहस नहस स्थितीमा पुगेको इटालीलाई फुटबलको खुशी अरु भन्दा प्यारो छ ।

“यो हामीले तीन वर्ष सम्म आफ्नो दिमागमा बोकेको कुरा हो । प्रशिक्षक मानचिनीले हामीलाई त्यो कुरा पुरा नभए सम्म युरो च्याम्पियनको जरा गाढिदिएका छन्,” चिलिनी भन्छन् ।

“जब उनले सुरुमा हामीले युरो जित्नु पर्छ भनेका थिए । हामी सबैलाई उनी पागल झैँ लागेको थियो । हदै सम्म पुगे सेमिफाइनल पुगिएला भन्ने थियो तर अहिले हामी एक इन्च मात्रै टाढा छौँ हाम्रो सपना साकार पार्न,” चिलिनी थप्छन् ।

दुवि टोली उपाधिका लागि वर्षौ देखी कुरिरहेका छन् । इङ्ल्याण्ड पहिलो पटक युरो जित्न चाहन्छ भने इटाली ५३ वर्ष पछि युरो अज्जुरीको नाम गराउन चाहन्छ र त्यसका लागि आईतबार मध्यरातमा हुने फाइनलले नै निर्कर्ष निकाल्ने छ । यो पटकको युरो ‘होम’ आउँदै छ कि रोम जाँदै छ ।

 

Click to comment

Trending