Headline

मेस्सी मुस्कुराए

Published

on

पछिल्लो एक दशक अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको असफलताले लियोनल मेस्सीलाई लगाइएको फुटबलको ‘जिओएटी’ (ग्रेटेस्ट अफ अल टाइम — सर्वकालीन महान खेलाडी) को ट्याग बिवादास्पद पनि थियो ।

फुटबलका सबैभन्दा प्रतिभावान खेलाडी मेस्सीले आफ्नो आधा जीवन यसलाई बार्सिलोनामा साबित गर्दै आएका छन् । उनले अर्जेन्टिनाको लागि पनि उत्कृष्ट खेल्दै आएका छन् ।
तर बिश्वकप र कोपा अमेरिका जस्ता ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उनी माथि प्रकाश पर्दै जांदा आफू भने मधुरो बन्दै आएका थिए ।

अर्जेन्टिना एक पछि अर्को प्रमुख प्रतियोगितामा असफल भयो । अनि कथाले नयां मोड लियो । कथा, मेस्सीले ठूलो उपाधि जित्न सक्दैनन् भन्ने हो । मेस्सी यो, मेस्सी त्यो ।

यसको समस्या निकै नै साधारण छः अरु खेलहरुको तुलनामा फुटबलमाथि मात्र एक व्यक्तिको खेलले बिजय प्राप्त गर्न सकिदैन ।

कोपा अमेरिका फाइनलका लागि ब्राजिलबिरुद्ध मैदान प्रवेश गर्दा अण्डरडग्सको रुपमा हेरिएको अर्जेन्टिनाले मेस्सीमाथिको शंकालाई गलत साबित गरिदिएयो । उनले उत्कृष्ट दिएर होइन, नदिएरै हो ।

यस पटक १० औं प्रयासमा मेस्सीलाई यसअघि असफल बनाएका सहयोगीहरुले उनलाई फुटबलको सदाबहार महान खेलाडी बनाउन प्रमुख भुमिका खेलेका छन् ।

अर्जेन्टिनाले बलवान ब्राजिललाई रियो दि जेनेरोमा १-० ले ढाल्यो । रोद्रिगो डि पउलले मिडफिल्डमा दिएको चुनौति कडा थियो । डिफेन्डरहरु नेमारबिरुद्ध अडिग देखिए । अघिल्ला प्रतियोगिताहरुमा चोटले सताएका एन्जल डि मारियालेआफ्नो सन्तुलनलाई कायम राख्दै पहिलो हाफमा आकर्षक बिजयी गोल गरे ।

अन्त्यमा अर्जेन्टिनाले २८ बर्षदेखिको उपाधि खडेरी समाप्त गर्यो ।

फाइनल जस्तो खेलका लागि मेस्सीबाट औधी अपेक्षा हुने गर्छ । यसअघि दिदै आएको प्रदर्शन भन्दा एक स्थान माथि उठ्नु पर्ने दवाब हुन्छ । तर मेस्सी अहिले ३४ बर्षका भइसके। २५ बर्षे मेस्सीलाई अहिले अपेक्षा गर्न गाह्रो छ । तर उनले पछिल्लो केही समय दिदै आएको प्रदर्शन नै दिएका थिए ।

खेल सामान्य रुपमा अर्जेन्टिनाको अन्य फाइनलहरु जस्तै नै थिए — घमासान, डरलाग्दो र घिनलाग्दो पनि । पहिलो हाफको केही समय नेमार र मेस्सी दुवै माराकाना स्टेडियमको घांसमा घिस्रदै थिए । पहेलो कार्ड धेरै देखाइयो, शर्ट र मोजा पनि च्यात्तियो। रगत पनि बग्यो ।

२०१४, २०१५ र २०१६ मा अर्जेन्टिनाले यस्तै दवाब थेग्न सकेको थिएन । गोन्जालो हिग्वेन निरन्तर चुक्दा बर्षौसम्म कराडौं अर्जेन्टिनी समथर्कहरु चुक्चुकाउनु पर्यो । बिश्वकपमा मारियो गोएट्जे र जर्मनीलेरुवाए । कोपा अमेरिकामा चिलीले पेनाल्टी सुटआउटमा चित्त दुखाए । दोश्रो पटक त मेस्सीले सन्यास नै लिनु पर्यो ।

मेस्सी फर्किए, र उनको उत्कृष्टतामा कहिल्यै कमि आएन । यही प्रतियोगिताको दौरान नै ३४ लागेका उनले चार गोलसंगै पांच असिस्ट दिदै अर्जेन्टिनालाई फाइनलसम्म डोर्याए ।

९५ मिनेसम्मको भिडन्त समाप्त हुंदा रेफ्रिको सिठ्ठीसंगै मेस्सीले राहतको सांस फेरे । घुंडाले मैदान टेके । खुशीको आंसु बगाए । टिमका साथीहरु आएर उनलाई घरे ।

एउटा बोंझ उत्रिएको थियो । यो बोंझ मेस्सी मैदानमा फुटबलका उत्कृष्ट खेलाडी हुदैछन् भन्ने चर्चा शुरु भएदेखि नै थियो । १६ बर्ष अगाडी बार्सिलोनाका लागि डेब्यु गरेदेखि नै ।

अन्तत, मेस्सीसंग आफू महान भएको प्रमाण अन्तर्राष्ट्रिय ट्रफिको रुपमा छ । उनले कोपाको उपाधि उचाल्दा त्यो बोंझ उनको अनुहारमा थिएन ।

मेस्सीको एउटा तस्विरले उनका समर्थक र उनले पनि केही जित्नु पर्छ भन्नेहरुलाई पिडा दिने गर्दथ्यो । बार्सिलोनासंग चुकेको भन्दा अर्जेन्टिनाबाट चुक्दाको उनको तस्विर बढी पिडादायी देखिन्छ ।

चिलीबिरुद्ध २०१६ को कोपा अमेरिका फाइनलमा पेनाल्टीमा चुक्दा उनी रोएका पनि थिए । यो पिडा मेस्सीले बिश्व सामु नै बाडेका थिए ।

असफलताका दौरान उनले निराश हुंदै कम्मरमा हात राखेर माथि हेर्ने गरेको तस्विर आज थिएन ।

अन्तत, मेस्सी मुस्कुराए ।

Click to comment

Trending