Headline

ब्राजिलमा अन्तराष्ट्रिय उपाधिको भोक मेटाएका मेस्सी

Published

on

जब मेस्सी बार्सिलोनाका लागि शुरुवात गर्ने भएका थिए तब उनी अर्जेन्टिनाका लागि अन्तराष्ट्रिय प्रतियोगितामा खेल्ने भैसकेका थिएनन् । उनलाई त्यो स्थान पाउन अली समय नै लाग्यो । २००५ मा ‘ला अल्बिसीलेस्टे’ (निलो र सेतो धर्के अर्जेन्टिनी टोलीको उपनाम ) का लागि १८ वर्षिय कलिलो उमेरमा मेस्सीले डेब्यु गरेका थिए तर कसले सोचेको थियो उनलाई अन्तराष्ट्रिय ट्राफीको लागि १५ वर्ष कुर्नु पर्छ भनेर ?

तर, छ पटकका बालोन डोर बिजेता मेस्सीले लगतार फाइनलहरुको निराशालाई उल्टाउँदै रियो दि जनेरिओको आईकनिक मराकाना रङ्गशालामा चिरप्रतिद्वन्धी ब्राजिललाई उस्कै घरमा हराउँदै १९९३ देखी पहिलो पटक कोपाको च्याम्पियन नै बनाए । २८ वर्ष पछि आफ्नो देशलाई अन्तराष्ट्रिय उपाधि जिताएका मेस्सी अर्जेन्टिनाका लागि सधाका नायक हुने छन् ।

रियोको त्यही मराकानामा मेस्सीले विश्वकप फाइनलमा पराजित हुँँदा उनले सोचेका पनि थिएनन् होला कि उनी फेरी त्यही रङ्गशालामा एक दिन उनको कोपा सपनालाई पुरा गर्ने छन् ।

बार्सिलोनाका लागि सफल खेलाडी मानिए पनि मेस्सीको अन्तराष्ट्रिय खेल खेलहरुमा प्रदर्शन निकै दिक्क लाग्दा हुन्थिए । तर, अब भने उनले आफ्नो भोकलाई मेटाएका छन् ।

अर्जेन्टिनाका लागि उनी कती खास खेलाडी थिए त त्यो खेलमा अन्तिम सिट्टी बजे पछि खेलाडीहरुले उनी प्रती देखाएको मायाले झल्कियो । सबैको आँखाले मेस्सीलाई नै खोज थियो किन कि यो उपाधि अर्जेन्टिनाले खास त मेस्सीका लागि जितेको हो ।

“यो मेरो लागि सपना जस्तै हो, मैले जीवनमा चाहेको सबै भन्दा ठुलो सपना,” अर्जेन्टिनाका गोलरक्षक इमिलो मर्टिनेजले भने ।

“यो हामी मेस्सीलाई सपर्मण गर्छौँ किन भने उनी यसका हकदार हुन्,”

तीन पटक कोपा फाइनलमा पराजित हुँँदा मेस्सी टोलीमै थिए । २००७,२०१५ र २०१६ तर अर्जेन्टिना फाइनलमा पराजित भयो । २०१४ मा त सानो बज्रपात नै पर्‍यो । जब टोली जर्मनीसँग १-० ले हार्दै विश्वकप सुम्पिन पुग्यो ।

तर यो पटक ईतिहास दोहोरिएको छैन । नयाँ ईतिहास बनेको छ । यो प्रतियोगितामा मेस्सीले गरेको कमालले नै उपाधि सम्भव भयो । उनी शिर्ष गोल र एसिस्ट दिने खेलाडी बने । उनी अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि बने । जभिअर मासिकीरानोको १४७ अन्तराष्ट्रिय क्यापलाई मेस्सीले उछिन्दै १५१ बनाइसके र अझै पनि उनी यो संख्यालाई बढाउने छन् ।

ब्राजिललाई उस्कै मैदानमा हराउनु सहज पनि थिएन । दुई वर्ष अघि ब्राजिलले सेमिफाइनलबाट घर पठाइदिएको टोलीले अहिले कोपा जित्न पुग्यो । त्यो पनि मराकाना रङशालामा । ब्राजिलले मराकानामा २ हजार ५ सय ५३ दिनमा पहिलो खेल हार्यो । नेमार आफ्नो देशका लागि आफ्नो कप्तानीमा कोपा जित्न असफल ठहरिए ।

तर, मेस्सीले यही पूर्णबिराम लगाउने छैनन् । २०१५ मा चिली विरुद्ध फाइनलमा पराजित भए पछि सन्यासका घोषणा गरे पनि फेरी मैदान फर्किएका मेस्सीको कारीअरले नै अब भने पूर्णता पाएको छ तर उनको लक्ष्य अझै सकिएको छैन । अब मेस्सीको बस गएर कतारमा रोकिने छ । जहाँ उनले आफ्नो अन्तिम विश्वकप खेल्ने छन् ।

Click to comment

Trending