Euro 2020

लेजर लाइट काण्ड: इङ्ल्याण्डलाई ३० हजार पाउण्ड जरिवाना

Published

on

युरोपियन फुटबलको नियमक निकाय युएफाले इङ्गल्याण्ड फुटबल संघलाई जरिवाना लगाएको छ । युएफाले इङ्गल्याण्डलाई ३० हजार युरो जरिवाना गरेको हो ।

युरोकप २०२० सेमिफाइनल खेल अन्तर्गत वेम्बली स्टेडियममा बुधबार राति भएको खेलमा डेनमार्कमा गोलकिपर कास्पर स्माइकललाई आँखामा हरियो ‘लेजर लाइट’ आँखामा देखाइएको थियो ।

स्माइकलको आँखामा केनले पेनाल्टी हान्ने समयमा हरियो ‘लेजर लाइट’ इङल्याण्ड समर्थकले देखाएका थिए तर स्माइकलले उक्त पेनाल्टी जोगाए पनि रिबाउन्डमा भने गोल खान पुगेका थिए । त्यही गोलको मद्धतले इङ्ल्याण्ड पहिलो पटक युरोको फाइनलमा पनि पुगेको हो ।

युएफाले इङ्ल्याण्ड समर्थक विरुद्ध डेनमार्कको राष्ट्रिय गान अघि पनि ‘लेजर लाइट; हरु देखाउने, पटका पढ्काउने र हल्ला गर्ने जस्तो कार्य गरेको जनाएको छ ।

इङ्ल्याण्डका समर्थकहरुलाई युएफाले निगरानीमा राख्ने पनि बिज्ञप्तीमा लेखेको छ । “जुलाई ८ मा भएको युरो सेमिफाइनल अन्तर्गत इङल्याण्ड विरुद्ध डेनमार्क (२-१) को खेलका लागि अनुशान हननका कारण फुटबल एसोसिएसनलाई ३० हजार पाउण्ड जरिवाना तोकेको छ।”

 

Click to comment

Trending