Euro 2020

युरोमा गोल्डेन बुट दावेदार को ?

Published

on

युरो २०२० को गोल्डेन बुटको दौड रोमान्चक बनेको छ । साविक बिजेता पोर्चुगल अन्तिम १६ मा बेल्जियम विरुद्ध पराजित हुँदै बहिरिए पनि कप्तान क्रिस्टियानो रोनाल्डोले टोलीका लागि ५ गोल गरे ।

प्रतियोगितामा चेक रिपब्लिकका प्याट्रिक सान्चेकले पनि ५ गोल गरेका छन् । तर चार खेलमा ५ गोल र एक एसिस्ट गरेका कारण रोनाल्डो शीर्ष स्थानमा छन् ।

फाइनल पुगेको इंग्ल्याण्डका ह्यारी केनले ४ गोल गरेका छन् । स्वीडेनका इमाइल फर्सवर्ग, फ्रान्सका करिम बेन्जेमा र बेल्जियमका रोमिया लुकाकुले पनि समान ४–४ गोल गरेका छन् । तर, कम मिनेट खेल्दै एक एसिस्ट दिएका रोनाल्डो ५ गोल सहित गोल्डेन बुटका दावेदार हुन् ।

तर, अब प्रतियोगितामा एक खेल मात्रै बाँकी रहदा ह्यारी केनले दुई गोल गरेको खण्डमा मात्रै रोनाल्डोको गोल्डेन बुट छाँयामा पर्ने छ । केनको फाइनलमा गोल असम्भव नभए पनि इटालीको बलियो रक्षापङ्तीलाई एकै खेलाडीले दुई गोल गर्न सहज भने छैन ।

हेरौँ कस्को कती गोल:

 

Click to comment

Trending