Euro 2020

रहिम स्टेर्लिङ: घृणाबाट उठेका इङ्ल्याण्डका युरो स्टार

Published

on

इङ्ल्याण्डले आइतबार राती युरो २०२० मा इटाली विरुद्ध फाइनल खेल्दा धेरैको मुखमा इङ्ल्याण्ड स्टार रहिम स्टेर्लिङको नाम हुने छ । नहोस पनि कसरी ? किन कि उनले युरोमा गरेको प्रदर्शन इङ्ल्याण्डका लागि अविश्वसनिय छ । तर, उनको खेल जीवन सधैं यस्तो रहेन । उनी इङ्ल्याण्डले मन नपराएका खेलाडी मद्धेका एक थिए ।

इङ्ल्याण्ड अहिले जसरी उनको प्रभावशाली प्रदर्शनमा ५५ वर्ष पछि फाइनल पुगेको छ त्यस्को धेरै श्रेय स्टेर्लिङलाई जान्छ । इङ्ल्याण्ड पहिलो पटक युरो जित्न एक जित मात्रै टाढा छ । १९६६ विश्व कप पछि पहिलो उपाधि जित्ने योजनामा इङ्ल्याण्ड छ । यदी इटालीलाई हराउने हो भने पनि इङ्ल्याण्डलाई स्टेर्लिङको खाँचो हुने छ ।

२६ वर्षिय स्टेर्लिङ इङ्ल्याण्डले डेनमार्कलाई २-१ ले हराउँदा प्रकाशमा थिए र उनलाई फेरी त्यो खेल फाइनलमा दोहोराउने मौका छ ।

उनले इङ्ल्याण्डको पहिलो गोलका लागि डेनमार्कका कप्तान सिमोन किएरलाई आफ्नै पोस्टमा गोल गर्न वाध्य मात्रै बनाएनन् एक्स्ट्रा टाइममा इङ्ल्याण्डलाई गोलको आवश्यक परेको समय डेनिस डिफेन्डरलाई आफुलाई फाउल गर्ने पनि बनाए र पेनाल्टी पनि जिते । त्यही पेनाल्टीको रिबाउन्डमा गोल गर्दै केनले इङ्ल्याण्डलाई फाइनल सम्म पनि पुर्याए ।

२६ वर्षिय स्टेर्लिङ इङ्ल्याण्डका लागि युरोमा तीन गोल गरिसकेका छन् र एक एसिस्ट पनि दिएका छन् । प्रिमियर लिगमा यो सिजन म्यानचेस्टर सिटीमा उत्कृष्ट सिजन नबिताए पनि स्टेर्लिङ युरोमा भने लयमा देखिन्छन् ।

तर, उनले सधैं यस्तै माया भने पाएका थिएनन् । च्याम्पियन्स लिग फाइनलमा चेल्सीसँग पराजित भए पछि आलोचनाको बाढीमा डुबेका स्टेर्लिङलाई युरोको पहिलो खेलमा क्रोएसिया विरुद्ध शुरुवात गराउँदै प्रशिक्षक ग्यारेथ साउथगेटले उतार्न खोजेको आरोप पनि थियो । उनलाई ज्याक ग्रिलिसको स्थानमा शुरुवात गराएकोमा इङ्लिश समर्थक नै रिसाएका थिए ।

तर, खेल पछि त्यो सबै भ्रम हट्यो । उनले युरो जस्तो ठुलो स्थानमा पहिलो खेलमा गोल गरे र इङ्ल्याण्डलाई जिताए । २०१६ मा आइसल्याण्डसँग पराजित हुँदा खेपेको जातिय दुव्यवहार देखी युरो २०२० मा युरो स्टार हुनु स्टेर्लिङका लागि सहज थिएन ।

निडर स्टेर्लिङ

स्टेर्लिङ आँफैले आफुलाई घृणित फुटबलर बताउँछन् । उनलाई धेरै मिडिया र समर्थकले पनि पचाउदैन थिए । स्टेर्लिङको काहानीले नै उनी निडर भएको झल्काउछ ।

स्टेर्लिङ जमाइकामा जन्मिएका थिए । उनी दुई वर्षको छँदा उनको बुवालाई किङ्स्टनमा गोली हानी हत्या गरिएको थियो । त्यस पछि उनी आफ्नो दिदीसँग आफ्नो आमासँग बस्न इङ्ल्याण्ड आएका थिए ।

लण्डनको ब्रेन्टफर्डमा आफ्नो बल्यकाल बिताएका स्टेर्लिङ फुटबलमै रमाउन थाले । स्टेर्लिङ सम्झिन्छन्,”मेरो आमा बिहानै उठेर कुनै होटेलको भुँई सफा गर्ने काम पनि गर्थिन”

“म कहिले बिर्सिन्न स्कुल जानु अघि उनलाई म होटेलको टोइलेट सफा गर्न जान मद्धत गर्थिए । उनले स्कुल पढ्दै लण्डन क्लब कुइन्स पार्क रेन्जर्स (क्वीपीआर) मा अभ्यास गर्थिए । उनले फुटबल बाहेक केही सोचेनन् र १५ वर्षको हुँँदा उनलाई लिभरपुलले २०१० मा क्लब भित्र्याएको थियो ।

त्यस पछि स्टेर्लिङले धेरै कुरा सिके र देखे पनि । रङ्गभेदी र ढुङ्गा हान्न्ने समर्थक पनि उनले भेटे । उनले म्यानचेस्टर सिटीबाट धेरै उपाधि जिते र कुनै समय उत्कृष्ट खेलाडी नै भए ।

केही समय खेल खस्किए पनि उनी अब भने फर्किएका छन् । यदी इङ्ल्याण्डले यो पटकको युरो जित्छ भने स्टेर्लिङ निस्सन्देह युरो स्टार रहने छन् ।

Click to comment

Trending