Headline

एन्फाले गर्‍यो मुख्य प्रशिक्षक अल्मुताइरीको सम्झौता नविकरण

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको सम्झौता नविकरण गरेको छ ।

कतार फुटबल संघ संगको फुटबल बिकास योजना अन्तर्गत नेपालको प्रशिक्षकको पद सम्हालेका उनको सम्झौता मार्च ३०, २०२२ सम्म रहेको थियो । तर, अबको नविकरण पछि उनी राष्ट्रिय टोलीसँग सेप्टेम्बर ३०, २०२२ सम्म रहने छन् ।

एन्फाले अब्दुल्लाहसँग आपसी सम्झौता गरे पनि कतार फुटबल संघबाट बाँकी जानकारी आउन बाँकी रहेको थियो तर अब त्यो पनि पुरा भएको छ र अब्दुल्लाहको सम्झौताको अवधी पनि बढेको छ ।

नेपालले अब उनको प्रशिक्षणमा एसिया कप छनोटको अन्तिम चरण सम्म सबै खेलहरु खेल्ने छ । नेपालले उनको प्रशिक्षणमा आसन्न साफ च्याम्पियनशिप खेल्ने छ ।

यो पटकको साफ च्याम्पियनशिप अनिस्चित रहेको छ । बङ्गलादेशले प्रायोजक खोज्दै गरेको अवस्थामा नेपाल र श्रीलंका पनि यो प्रतियोगिता गर्न तयार छ । प्रतियोगिता सेप्टेम्बर १३ देखी हुने भनिए पनि निर्कर्श निस्किन सकेको छैन ।

तेश्रो चरणको एसिया कप छनोटका लागि भने दुई टोली प्लेअफबाट आए पछि ‘ड्र’ हुने छ । कुल २४ टोलीलाई ६ समुहमा बिभाजन गरिनेछ । ’ड्र’ अक्टोबरमा हुन सक्ने भए पनि नेपालले सम्भवतः पहिलो खेल फेब्रुअरी २०२२ मा खेल्ने सम्भावना छ ।

फिफाको अन्तराष्ट्रिय बिश्रामहरुमा खेल हुने भएका कारण पहिलो खेल फेब्रुअरी, दोस्रो र तेस्रो खेल मार्च, चौँथो जुन र पाँचौर छैँटौ सेप्टेम्बर २०२३ मा हुने छ ।

अब्दुलाहको प्रशिक्षणमा नेपालले हाल सम्म चार खेलमा एकमा जित र तीनमा हार व्यहोरेपनि उनले अपनाएको शैलि र निर्णयहरुलाई लिएर सकारात्मक टिप्पणीहरु आइरहेका छन् ।

Click to comment

Trending