Headline

पेरुलाई हराउँदै कोपामा कोलम्बिया तेस्रो स्थानमा

Published

on

लुइज डाएजले ९० मिनेट पछि थपिएको इन्जुरी समयमा गोल गरे पछि कोलम्बियाले पेरुलाई ३-२ ले हराउँदै कोपा अमेरिकाको तेस्रो स्थान हासिल गरेको छ ।

पहिलो हाफमा पेरुले आफ्नो दवाब कायम राखेको थियो । लगतारको मुभहरु पछि पेरु खेलको ४५ औँ मिनेटमा गोल गर्न सफल भएको थियो । क्रिस्टियन कुइभाको पासमा अनमार्क रहेका योसिमार योटनले बल पाए पछि पेरुले खेलमा अग्रता लिएको थियो ।

तर, दोस्रो हाफमा ४९ औँ मिनेटमा कोलम्बिया गोल फर्काउन सफल भयो । जुवान कोर्डाडोले फ्रिकिकमा गोल गर्दै कोलम्बियालाई खेलमा १-१ को बराबरी गराउन सफल भएका थिए । ६५ औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्वियालाई २–१ को अग्रता दिलाए । उनले गोलरक्षक कामिल्लो भर्गासको लामो पासलाई पेरुको रक्षापङ्ती क्षेत्रमा नियन्त्रण लिँदै गोल गरेका थिए ।

त्यस पछि पेरुले खेलमा मुभहरु बनायो । जहाँ पेरु सफल भयो । ८३ औँ मिनेटमा जियानलुका लापाडुलाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । कर्नरबाट आएको क्रसलाई सिधै हेडरबाट जाली चुमाए पछि पेरु खेलमा फर्किएको थियो ।

तर, इन्जुरी समयमा कोलम्बियाका लागि लुइज डाएजले गोल गरे पछि पेरु स्तब्ध बन्न पुग्यो । उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारलाई पेरुका गोलरक्षकले बचाउने कुनै मौका नै पाएनन् ।

समुह चरणमा २-१ को जित निकालेको पेरु तेस्रो स्थानको खेलमा भने कोलम्बियासँग पराजित हुन पुगेको हो । कोपाको फाइनल खेलमा भने ब्राजिल र अर्जेन्टिना आईतबार बिहान नेपाली समय अनुसार ५:४५ मा खेल्दै छन् ।

Click to comment

Trending