Headline

कस्तो छ मेस्सीको अर्जेन्टिनाका लागि फाइनलहरुमा प्रदर्शन ?

Published

on

फुटबलका सर्वकालिन महान मनिएका खेलाडी लियोनल मेस्सी पहिलो पटक अर्जेन्टिनासँग कुनै अन्तराष्ट्रिय प्रतियोगिता जित्ने लक्ष्य सहित ब्राजिलसँग आईतबार बिहान भिड्दै छन् ।

उक्त खेलमा सबैको आँखा मेस्सीमै हुने छ । जहाँ मेस्सी आफ्नो कारीअरकै पहिलो अन्तराष्ट्रिय उपाधि जित्ने संघारमा हुनेछन् । मेस्सी यो पटक कोपा अमेरिकामा आकर्षक देखिएका छन् ।

चार गोल सहित प्रतियोगिताको शिर्ष गोलकर्ता मेस्सीको यो पटक सेमिफाइनल सम्म पनि प्रदर्शनहरु राम्रा रहेका छन् ।

मेस्सीले प्रतियोगितामा पाँच असिस्ट पनि दिएका छन् । त्यती मात्रै हैन अर्जेन्टिनाले प्रतियोगिता भरी गरेको ११ गोल मद्धे ९ गोलमा उनको ठुलो योगदान छ ।

बार्सिलोनामा उनको कुनै जवाफ छैन । क्लब फुटबलमा उनले खेलेका जती सबै प्रतियोगिता जितेका छन् तर अन्तराष्ट्रिय फुटबलमा भने मेस्सीको किर्तिमान व्यक्तिगतमा केही देखिए पनि देशका लागि सुन्य बराबर नै छ ।

३४ वर्ष पुगिसकेका मेस्सीको अब फुटबलमा धेरै समय पनि बाँकी छैन र त्यही कारण अब को यो मौका मेस्सीलाई सुनमा सुगन्ध थप्ने मौका छ ।  

कस्तो छ मेस्सीको अन्तराष्ट्रिय प्रतियोगिताको फाइनलको नतिजा ?

अर्जेन्टिनी सुपरस्टारले आफ्नो कारीअरमा कुनै अन्तराष्ट्रिय प्रतियोगिता जितेका छैनन् । उनले अहिले सम्म तीन कोपा फाइनल र एक विश्वकप फाइनल खेल्दा एकमा पनि जित हात पार्न सकेका छैनन् ।

चार फाइनल खेल्दा उनले एक गोल पनि गर्न सकेका छैनन् ।

प्रतियोगिता नतिजा वर्ष
कोपा अमेरिका ब्राजिल ३-० अर्जेन्टिना २००७
विश्व कप जर्मनी १-० अर्जेन्टिना २०१४
कोपा अमेरिका चिली ०-० अर्जेन्टिना (४-१) २०१५
कोपा अमेरिका अर्जेन्टिना ०-० चिली(२-४) २०१६

Click to comment

Trending