अन्तर्राष्ट्रिय

भान डाइक नौ महिना पछि लिभरपुल टोलीमा 

Published

on

सेन्टर ब्याक भर्जिल भान डाइक नौ महिना पछि लिभरपुलको टोलीमा फर्किएका छन् । आगामी सिजनका लागि लिभरपुलले अष्ट्रियामा आयोजना गर्न लागेको प्रशिक्षणका लागि उनी टोलीमा फर्किएका हुन् ।

गत सिजन एभर्टन विरुद्धको खेलका क्रममा चोट बोकेका कारण उनले पुरै सिजन गुमाउन परेको थियो । अक्टोबर १७ मा लिभरपुलले एभर्टनसँग २-२ को बराबरी खेल्दा उनले घुँडामा चोट बोकेका थिए । भान डाइक नौ महिना पछि चोटबाट फर्किन लागेका हुन् ।

योर्गेन क्लोपले सार्वजनिक गरेको ३४ जनाको टोलीमा नेदरल्याण्ड्सका ३० वर्षीय भान डाइकले पनि स्थान बनाउन सफल भएका हुन् । चोटका कारण नै उनले जारी युरो कपमा समेत गुमाउन परेको थियो ।          

त्यस्तै अर्का सेन्टर ब्याक जो गोमेजले पनि टोलीमा स्थान सुरक्षित गरेका छन् । त्यस बाहेक हालै ३५ मिलियन पाउण्डमा इब्राहिम कोनाटेले सिजन सुरु हुनु अघिको प्रशिक्षणमा सामेल हुने छन् ।  


 

Click to comment

Trending