Headline

एएफसी यु-२३ एसियन कप छनोट: कठिन समुहमा नेपाली टोली

Published

on

उज्बेकिस्तानमा २०२२ मा हुने एएफसी यु-२३ छनोटका लागि नेपाली यु-२३ राष्ट्रिय टोली निकै कठिन समुहमा परेको छ । नेपाल समुह ‘बी’ अन्तर्गत ईरान, ताजिकिस्तान र लेबानोनसँग रहेको छ ।

नेपालले २३ देखी ३१ अक्टोबरमा ताजिकिस्तान यो छनोट प्रतियोगिता खेल्ने छ ।

समुहको शिर्षमा रहने टोलीले एएफसी यु-२३ छनोट खेल्ने छ भने दोस्रो स्थानमा भएको उत्कृष्ट चार टोलीले मात्रै यु-२३ एसियन कप खेल्ने छ ।

नेपाली यु-२३ टोलीले अन्तिम पटक २०१९ मा दक्षिण एसियाली खेलकुदमा खेलेको थियो । जहाँ नेपालले गोल्ड मेडल पनि जितेको थियो । नेपाली यु-२३ का लागि धेरै युवा खेलाडीहरु टोलीमा पर्ने आशा गरिएको छ । अखिल नेपाल फुटबल (संघ) ले यु-२३ टोलीको प्रशिक्षक भने को राख्ने अझै निर्णय गर्न सकेको छैन ।

 

Click to comment

Trending