Headline

अर्को फाइनल खेल्दै मेस्सी। फ्यान सोध्छन् अहिले नजिते कहिले ?

Published

on

ब्राजिल र अर्जेन्टिनाको भिडन्तमा सधै प्रश्नहरू उब्जने गर्दछन् । तर शनिबार रियो दि जेनेरो मा हुने कोपा अमेरिकाको फाइनलमा ब्राजिल र अर्जेन्टिना भन्दा पनि मेस्सीको बारेमा प्रश्न उठ्ने छ, र त्यो हो – के मेस्सीले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि चुम्न सफल हुनेछन् ?

बार्सिलोनाका मेस्सी २१ औ शताब्दीका सबैभन्दा उत्कृष्ट खेलाडी मध्ये एक हुन् भने उनको तुलना आफ्नै देशका डिएगो म्यारोडोना र ब्राजिलका पेलेसग तुलना गर्ने गरिन्छ ।

आफ्नो क्लबबाट खेल्दा मेस्सीले व्यक्तिगत मात्र नभएर क्लबका लागि पनि सबै उपाधि हात पारि सकेका छन् तर देशको लागि उनले केही जित्न सकेका छैनन् ।

३४ बसन्त पार गरेका मेस्सी माथि अहिले फेरी प्रश्न सुरु भएको छः अहिले नभए कहिले ?

“मेस्सीसँग अब दुईवटा मात्र अन्तिम अवसर छ उपाधि चुम्ने” ब्राजिलको लागि सन् १९७० को विश्वकपको उपाधि चुमेका टोस्टाओ भन्छन् । “उनीसंग जारी कोपा अमेरिका र कतारमा अर्को वर्ष आयोजना हुने विश्वकप जित्ने अवसर छ । तर विश्वकपको उपाधि जित्न सहज छैन ।”

शनिबार हुने फाइनलमा कुन टोलीको सम्भावना बलियो भनेर सहजै अनुमान लगाउन सकिने सम्भावना छैन । तर ब्राजिल नै अर्जेन्टिना माथि हावी हुने सम्भावना रहेको छ । यसको कारण होब्राजिलको घरेलु मैदान र पछिल्लो चार हप्तामा उसले देखाउदै आएको प्रदर्शन ।

ब्राजिलको उपाधि आशामा मेस्सी नै तगारो बन्न सक्ने सम्भावना पनि व्यापक छ । यस प्रतियोगितामा उनी निकै उत्कृष्ट लयमा रहेका छन् । फाइनलमा स्थान सुरक्षित गर्दा सम्म अर्जेन्टिनाले ११ गोल गर्दा मेस्सी एक्लैले चार गोल गरेका छन् भने पां असिस्ट पनि गर्न सफल भएका छन् ।

“हामीले अहिले मेस्सीको परिष्कृत रूप देखिरहेका छौ,” अर्जेन्टिनाका पुर्व खेलाडी एन्टोनियो मोहम्मदले एक खेल पत्रिकाको अन्तर्वार्तामा भनेका छन् । “जब उनले बल आफ्नो खुट्टामा रख्दछन् तब उनलाई विपक्षी खेलाडीहरूले घेर्ने गर्दछन् र त्यो देख्दा म्यारोडोना उच्च लयमा हुंदा देखिने दृश्य जस्तै हो ।”

मेस्सीको सपना

मेस्सीले यस अघि पनि धेरै अन्तरवार्तामा अर्जेन्टिका लागि एक उपाधि हात पार्ने कुरा गर्दै आएका छन् । यसबाट पनि पुष्टि हुन्छ मेस्सीको लागि अन्तर्राष्ट्रिय उपाधिको महत्व ।

मेस्सीले यस अघि अर्जेन्टिनाको लागि चार फाइनल खेलेका छन् जसमा उनी सधै हारको सामना गर्न बाध्य भएका छन् । मेस्सी सन् २००७, २०१५ र २०१६ को कोपा अमेरिका तथा सन् २०१४ को विश्वकपमा उपविजेतामा सिमित भएका थिए ।

अघिल्ला प्रतियोगिताहरुमा जब जब अर्जेन्टिना फाइनलमा विफल हुन्थ्यो प्राय सबैले मेस्सीलाई निराश पारेकोउनको टोलीको अन्य खेलाडीलाई दोष जाने गर्दथ्यो । सबैको गुनासो मेस्सीले दिएको अवसर सदुपयोग गर्न नसकेको र उनको खेलसंग मेल खान नसकेको हुने गर्दथ्यो।

तर अहिले समय परिवर्तन भएको छ । सायद अहिले मेस्सीले खेलेको सबैभन्दा राम्रो र उत्कृष्ट टोली छ अर्जेन्टिनाको । त्यसैले पनि मेस्सीले यसका लागि बहाना पाउने सम्भावना न्यून छ ।

अहिलेको टोली अर्जेन्टिनाको सन् १९७८ अथवा सन् १९८६ को जस्तो छैन तर पनि लियो नेस्कालोनीको टोलीले पछिल्ला १९ खेलमा लगातार जित हात पार्दै आएको छ । पछिल्लो पटक अर्जेन्टिनाले सन् २०१९ को कोपा अमेरिकामा पराजित भोगे पछि हारको सामना गर्न परेको छैन ।

मेस्सी बाहेक अर्जेन्टिनाको टोलीमा रहेका सर्जियो अगुएरो र एन्जेल डि मारिया जस्ता अनुभवी खेलाडीका लागि पनि अर्को वर्षको विश्वकप जित्न सहज नरहेका कारण कोपा अमेरिका उनीहरुको लागि सबैभन्दा ठूलो उपाधि हुन सक्छ ।

अनुभवी खेलाडी र युवा खेलाडी जसले उनीहरुको खेल हेर्दै र आदर्श मान्दै ठुला भए र अहिले अर्जेन्टिनाको टोलीका लागि संगै खेल्दै छन्, उनीहरुलाई पनि थाहा छ कि उनीहरु अर्जेन्टिनाका लागि मात्र नभएर मेस्सीका लागि पनि खेल्दै छन् । उनीहरुको पनि पहिलो र एक मात्र लक्ष्य भनेको मेस्सीलाई उपाधी दिलाउने रहने छ ।

“हामी पनि अर्जेन्टिनाले उपाधि चुमोस् भन्नेमा निकै उत्साहित छौ। मुख्य कुरा यो मेस्सीको लागि पनि उपहार हुनेछ,” मोहम्मदले भने ।

Click to comment

Trending