Euro 2020

‘यो इटाली र १९८२ को बिश्वकप जित्ने इटालीमा समानता छ’

Published

on

इटालीका पुर्व कप्तान डिनो जोफले रोबर्टो मान्चिनीको युरो कप फाइनल खेल्न गइरहेको टोली र आफ्नो नेतृत्वमा १९८२ को बिश्वकप उपाधि उचाल्ने धेरै हदसम्म उस्तै पाएको बताएका छन् ।

अज्जुरीले आइतबार वेम्ब्लीमा हुने फाइनलमा इंगल्याण्डको सामना गर्दै गर्दा दोश्रो पटक युरोकप जित्ने दाउमा हुनेछ । पहिलो युरो कप १९६८ मा जोफले नै जिताएका थिए ।

तर जोफको करिअरको उच्च बिन्दु त्यसको १४ बर्षपछि आएको थियो जब उनले ४० बर्षको उमेरमा बिश्वकपको उपाधि उचालेका थिए ।

“म त्यो टिम र यो टिममा केही समानताहरु देख्छु। उनीहरु निकै तिब्र र जीवन्त देखिन्छन् र यसले १९८२ को हाम्रो टोली उस्तै रहेको स्पष्ट पार्छ,” पुर्व गोलकिपिंग लेजेण्ड जोफले भने ।

लगातार ३३ खेलमा अपराजित रहदै नयां राष्ट्रिय किर्तिमान कायम गरेको इटालीलाई स्पेनबिरुद्ध सेमिफाइनलमा जित हात पार्नका लागि पेनाल्टी सुटआउटको आवश्यकता रहेको थियो ।

१९६८ यता तेश्रो फाइनलमा खेल्न गइरहेको इटाली २००० को उपाधि भिडन्तमा पराजित हुंदा जोफ नै प्रशिक्षक थिए । स्पेनबिरुद्ध २०१२ मा भएको फाइनलमा इटालीले ४-० को लज्जास्पद हार व्यहोरेको थियो ।

युरो कप जित्ने हो भने २०१८ को बिश्वकपमा स्थान बनाउन नसकेपछि टिम सम्हालेका मान्चिनीको इटालीका लागि यो सबैभन्दा सनसनीपूर्ण नतिजा हुनेछ ।

“खेलाडीहरु बाहेक धेरै कुरा मान्चिनी कै हातमा हुन्छ किनभने उनलाई सही निर्णयका बारे ज्ञान छ । उनले टिममा आत्मबिश्वास ल्याएका छन् र गाह्रो परिस्थितिमा राम्रो फुटबल पनि खेलिरहेको छ । म आशा गर्छु उनले अब स्पेनको जस्तो आधिपत्य (२००८ को युरो कप, २०१० को बिश्वपक र २०१२ को युरो कप) कायम गर्नेछन्,” जोफले भने ।

“बिश्वकप धेरै पर छैन र म बिश्वस्त पनि छु । मेरो लागि इटाली फाइनल सम्म पुग्नु कुनै अचम्मको बिषय होइन । उनीहरुले राम्रो गर्नेमा म बिश्वस्त थिए ।”

Click to comment

Trending