Headline

सिमिओने २०२४ सम्म एट्लेटिकोमै रहने

Published

on

एट्लेटिको म्याड्रिडका अर्जेन्टिनी प्रशिक्षक डिएगो सिमिओनेले क्लबसंगको सम्झौता २०२४ सम्मको लागि लम्ब्याएका छन् ।

स्पेनिस ला लिगा क्लबका अनुसार एट्लेटिकोका सबैभन्दा सफल प्रशिक्षक अब २०२४ जुन ३० सम्म रहनेछन् । २०११ मा नियुक्त भएका एट्लेटिको कम्तिमा पनि १३ बर्ष क्लब प्रशिक्षक रहने भएका हुन् ।

खेलाडीको रुपमा एट्लेटिकोमा पांच बर्ष बिताएका सिमिओनेले १९९६ मा दोहोरो घरेलु उपाधि जितेका थिए ।

प्रशिक्षकको रुपमा सिमिओनेले एट्लेटिकोका लागि ८ उपाधि जितेका छन् । उनले दुई पटक ला लिगा र दुई युरोपा लिग जितेका सिमिओनेले एट्लेटिकोलाई दुई पटक च्याम्पियन्स लिगको फाइनलसम्म पनि डोर्याएका थिए ।

२०१४ र २०१६ को च्याम्पियन्स लिग फाइनल खेलेको एट्लेटिको दुवै पटक शहरी प्रतिद्वन्दी रियल म्याड्रिडसंग पराजित हुन पुगेको थियो ।

Click to comment

Trending