अन्तर्राष्ट्रिय

पाकिस्तान विरुद्ध इंग्ल्यान्डको सानदार जित 

Published

on

घरेलु टोली इंग्ल्यान्डले पाकिस्तान विरुद्धको पहिलो एकदिवसीय खेलमा १६९ बल अगावै नौ विकेटको सानदार जित दर्ता गराएको छ । यससँगै इंग्ल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता पनि लिन सफल भएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ३५ दशमलब दुई ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १४१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २१ दशमलब पाँच ओभर खेल्दै एक विकेटको नोक्सानीमा जित हात पार्यो ।

इंग्ल्यान्डका ओपनिङ बलर शकिब महमोदले घातक बलिङ गर्दै पहिलो ओभरमा नै ओपनर इमाम उल हकलाई गोल्डेन डक आउट तथा कप्तान बाबर आजमलाई दुई बलमा डक आउट गर्दा इंग्ल्यान्डले निकै राम्रो सुरुवात गर्न सफल भयो ।

पाकिस्तानको तर्फबाट अर्का ओपनर फखार जमानले सर्वाधिक ४७ तथा शदाब खानले ३० रन जोडे पनि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन नसक्दा पाकिस्तानले निकै नै सानो स्कोर भन्दा बनाउन सकेन ।

पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा इंग्ल्यान्डका महमोदले १० ओभर बलिङ गर्दै ४२ रन खर्चिएर सर्वाधिक चार विकेट हात पारे भने क्रेग ओभरटन र म्याट पार्किनसनले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

सानो लक्ष्य पक्ष्याएको इंग्ल्यान्डका ओपनर फिल साल्ट सात रनमा शाहिन शाह अफ्रिदीको बलमा आउट भए पनि अविजित रहेका अर्का ओपनर दाविद मालन र ज्याक क्रलीले क्रमश ६९ बलमा ६८ तथा ५० बलमा ५८ रन जोड्दै इंग्ल्यान्डको जित सुनिश्चित गराए । 

 

Click to comment

Trending