Headline

ब्राजिल र अर्जेन्टिना समर्थकहरुबीच झडप हुंदा कोपाको फाइनल अघि बंगलादेशमा अलर्ट

Published

on

बंगलादेशको ग्रामिण इलाकामा समर्थकहरुबीच झडप भएपछि ब्राजिल र अर्जेन्टिनाबीचको आइतबार बिहान हुने कोपा अमेरिका फाइनलका लागि प्रहरी सामुहिक जमघटमा प्रतिबन्ध लगाएको छ ।

अर्जेन्टिनाले कोलम्बियालाई हराउदै ब्राजिलसंगको उपाधि भिडन्त पक्का गरेपनि दक्षिण अमेरिकाका दुई चीर प्रतिद्वन्दीका समर्थकहरुबीच झडप भएको थियो ।

ढाकाबाट १ सय २० किलोमिटर पर रहेको ब्रह्मनबारिया गांउमा दुई केटाहरुबीच कुन देशले राम्रो फुटबल खेल्यो भन्ने बिवाद सडकसम्म पुगेपछि कट्टर समर्थकहरुबीच हानाहान शुरु भएर हिंसात्मक रुप लिन पुगेकोस्थानीय पुलिस अधिकारी मोहम्मद अम्रनुल इस्लामले बताए ।

१७ हजार किलोमिटर पर रियो दि जेनेरोमा हुन गइरहेको अत्यन्तै प्रतिक्षित कोपा अमेरिका फाइनल भिडन्तका लागि त्यहाको पुलिस अलर्टमा बसेको छ । “हामीले गांउलेहरुलाई ठूलो स्क्रिनमा फाइनल नहेर्न भनेका छौं र ठूलो जमघट नगर्न निदेर्शन पनि दिएका छौं,” इस्लामले भने ।

बंगलादेशमा क्रिकेट अहिले नम्बर वान खेलकुद बनिसके पनि झण्डै १७ करोड जनसंख्या रहेको बंगलादेशमा बिश्वकप र कोपा अमेरिकाको समयमा स्थिति नियन्त्रणबाट बाहिर जाने गर्दछ ।

लाखौं समर्थकहरु ब्राजिल र अर्जेन्टिनाको झण्डा आफ्नो घरमा फहराउने गर्दछन् भने प्रतियोगिताको समयमा जर्सी लगाउदै जात्राको माहौल हुने गर्दछ । झडपहरु नियमित रुपमा हुने गरेका छन् ।

२०१८ को बिश्वकप दौरान एक १२ बर्षिय बच्चाले ब्राजिलको झण्डा पोलमा राख्ने प्रयास गर्दा करेन्ट लागेर ज्यान गुमाएका थिए । बन्दर शहरमा भएको अर्को झडपमा एक व्यक्ति र उनको छोरा नराम्ररी घाइते हुन पुगेका थिए ।

Click to comment

Trending