Headline

एर्लिङ्ग हालाण्डको लागि १५० मिलियन तिर्न चेल्सी तयार 

Published

on

इङ्ग्लिश प्रिमियर लिग क्लब चेल्सी बोरुसिया डर्टमन्डका एर्लिङ्ग हालाण्डलाई १५० मिलियन खर्चन तयार रहेको जनाएको छ ।    

गत सिजनको डिसेम्बरमा नै हालान्डलाई जनवरी विन्डोमा आफ्नो क्लब भित्राउन पहल गरेको चेल्सीले ठुलो रकम खर्चन तयार रहेकाले गर्दा दुवै पक्षले आफ्नो प्रस्ताव स्वीकार्ने पनि आशा राखेको छ ।   

२० वर्षीय हालाण्ड सबैभन्दा उत्कृष्ट युवा फरवार्ड मध्य एक हुन् । जेडन सान्चोलाई डर्टमन्डबाट म्यानचेस्टर सिटीले क्लबमा भित्राएका कारण पनि चेल्सीले हालाण्डलाई आफ्नो क्लबमा भित्राउन पहल गरेको हो ।  

सन् २०२० को सिजनमा डर्टमन्ड पुगेका नर्वेजियन हालाण्डले डर्टमन्डको लागि ५९ खेल खेल्दै ५७ गोल गरिसकेका छन् भने गत सिजन ४१ खेलमा ४१ नै गोल गर्न सफल भएका थिए । 

हालाण्डले डर्टमन्डसँग गरेको सम्झौता अनुसार सन् २०२२-२३ को सिजन पछि क्लब छाडेको खण्डमा उसले ६५ मिलियन पाउण्ड तिर्न पर्ने हुन्छ । जसका कारण पनि डर्टमन्ड यसै सिजन हालाण्डलाई बेच्ने दाउमा रहेको बुझिएको छ ।

यस अघि हालाण्ड आफैले पनि चेल्सी जाने इच्छा राखेको समाचार बाहिरिएको थियो जसका कारण पनि चेल्सीले उनलाई भित्राउन पहल गर्न लागेको हो ।   

 

Click to comment

Trending