राष्ट्रिय

एभरेष्ट प्रिमियर लिगलाई आईसीसीको मान्यता 

Published

on

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले स्वीकृति दिएको छ । आयोजक एभरेष्ट प्रिमियर लिग प्रा ली.ले आज एक विज्ञप्ति जारी गर्दै आईसीसीबाट मान्यता पाएको जनाएको हो ।

चौथो संस्करणको ईपीएल आगामी असोज नौ गतेबाट २३ गते सम्म टियु क्रिकेट मैदानमा आयोजना हुनेछ । यस अघि कोरोनाको कारण प्रतियोगिता स्थगित हुँदा आयोजकले नयाँ मितिमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यस अघि रोकिएको प्रतियोगितामा वेष्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल, ड्वेन स्मिथ र श्रीलंकाका उपुल थारँगा एभरेष्ट प्रिमियर लिगमा खेल्ने पक्का भइसकेको थियो । थारँगा ललितपुर प्याट्रियट्स र स्मिथ भैरहवा ग्ल्याडिएटर्सका लागि खेल्न गइरहेका थिए । त्यस्तै गेल भने पोखराबाट खेल्ने पक्का भएको थियो ।

त्यस्तै आगामी सिजन दक्षिण अफ्रिकाका पुर्व कप्तान तथा मिस्टर ३६० उपनामले चर्चित क्रिकेटर एबी डि भिलियर्र्स पनि खेल्ने आयोजक एभरेस्ट प्रिमियर लिगका प्रबन्ध निर्देशक आमिर अख्तरले यस अघि नै पुष्टि गरेका थिए । 

 

Click to comment

Trending