Headline

केनको पेनाल्टी अघि स्माइकललाई ‘लेजर लाइट’ देखाएका कारण इङ्ल्याण्डलाई जरिवाना

Published

on

इङ्ल्याण्डलाई युएफाले डेनमार्कका गोलरक्षक क्यासपर स्माइकललाई ह्यारी केनले पेनाल्टी हान्नु अघि ‘लेजर लाइट’ उनको आँखामा देखाएको कारण जरिवाना तिराउने भएको छ ।

स्माइकलको आँखामा केनले पेनाल्टी हान्ने समयमा हरियो ‘लेजर लाइट’ इङल्याण्ड समर्थकले देखाएका थिए तर स्माइकलले उक्त पेनाल्टी जोगाए पनि रिबाउन्डमा भने गोल खान पुगेका थिए । त्यही गोलको मद्धतले इङ्ल्याण्ड पहिलो पटक युरोको फाइनलमा पनि पुगेको हो ।

युएफाले इङ्ल्याण्ड समर्थक विरुद्ध डेनमार्कको राष्ट्रिय गान अघि पनि ‘लेजर लाइट; हरु देखाउने, पटका पढ्काउने र हल्ला गर्ने जस्तो कार्य गरेको जनाएको छ ।

इङ्ल्याण्डका समर्थकहरुलाई युएफाले निगरानीमा राख्ने पनि बिज्ञप्तीमा लेखेको छ । “जुलाई ८ मा भएको युरो सेमिफाइनल अन्तर्गत इङल्याण्ड विरुद्ध डेनमार्क (२-१) को खेलका लागि अनुशान प्रकृया अघि बढीसकेको छ।”

उक्त घटनालाई मध्यनजर गर्दै इङ्ल्याण्ड फुटबल संघलाई युएफाले ५० हजार पाउन्ड सम्म जरिवाना तिराउने छ ।

Click to comment

Trending