Headline

प्री सिजनमा रियलको पहिलो खेल रेन्जर्ससँग

Published

on

स्पेनिस ला लिगा सुरु हुनुभन्दा अगाडिको प्रि–सिजन खेलमा रियल मड्रिडले रेन्जर्ससँग खेल्ने भएको छ । २०२१–२२ को ला लिगाको तयारीका लागि रियलले २५ जुलाईमा स्कटल्यान्डको क्लब रेन्जर्ससँग खेल्ने छ ।

अघिल्लो सिजन दोस्रो स्थानमा रहँदै सिजन सक्काएको रियल यो पटकको सिजनमा नयाँ टोली बनाउने लक्ष्यमा रहेको छ । रेन्जर्स भने अघिल्लो सिजन एक खेलमा पनि पराजित नहुँदै स्कटिस लिग जितेको थियो ।

यो खेल कार्लो एज्नोलोटीका लागि सिजनको पहिलो खेल हुनेछ । एन्जोलोटीको पुनरागमनमा रियलले यो सिजनमा प्रतिस्पर्धा गर्ने छ । यता रेजर्सका प्रशिक्षक भने स्टेभेन जेराड रहेका छन् ।

रियलका लागि यो पटक क्लबका लेजेण्ड सर्जियो रामोस हुने छैनन् । यस्तै अन्य थुप्रै खेलाडीहरुले क्लब छोड्ने हल्ला चलिरहदा रियलका लागि यो सिजन चुनौती धेरै रहेको छ ।

खेल रेन्जर्सको गाल्सगोमा रहेको मैदान इब्रक्स स्टेडियममा हुनेछ ।

Click to comment

Trending