Headline

बिश्वकप आयोजनाबाट मानव अधिकार र खेलकुदमा सकारात्मक परिवर्तन ल्याउन कतार प्रतिबद्ध

Published

on

२०२२ को फिफा बिश्वकप आयोजना गरिरहेको कतारलेबिश्व फुटबलको महाकुम्भलाई आपसी समझदारी, शान्ति, स्थायित्व र समृद्धिको लागि लगानी र मानव अधिकार र खेल क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन प्रमुख आधारको रुपमा रहेको बताएको छ ।

कतारको संयक्त राष्ट्रसंघका लागि प्रथम सचिव अब्दुल्लाह हमाद अल-नुएमीले खेलकुदको माध्यमबाट मानव अधिकार प्रबद्र्धन गर्ने बिषयका लागि बिहिवार भएको प्यानल डिस्कसनमा यस्तो भनेका हुन् ।

“२०२२ को फिफा बिश्वकप र अन्य केही प्रमुख खेलकुद प्रतियोगिता आयोजनाको तैयारीमा कतारले मानव अधिकारको ग्यारेन्टी गर्न गम्भिर कदमहरु चालिरहेकोछ । यसले भौतिक संरचना निर्माणमा लागिरहेका कामदारहरुको लागि आधारभुत आवश्यकता र मानव अधिकारको ग्यारेन्टी गरेको छ । योकदमलाईअन्तर्राष्ट्रिय श्रम संगठन र अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघले पनि साथ दिएको छ,” अल-नुएमीले भने ।

“एउटा ग्लोबल भाषाको रुपमा खेलकुदसंग बिशेषगरि युवा माझ मानव अधिकारको प्रबद्र्धन र सुरक्षा गराउन सक्ने क्षमता हुन्छ,” उनले थपे ।

“बिश्वमा कतै पनि फिफा बिश्वकप, ओलम्पिक्स, पारालिम्पिक्स अथवा एथ्लेटिक्स च्याम्पियनसिप आयोजना आर्थिक बिकास र सचेतना फैलाउने औजारको रुपमा रहेको कारण खेलकुदको महत्व यसमा साबित नै भइसकेको छ ।”

क्षेत्रीय प्रतियोगिताहरु धेरै पटक आयोजना गरिसकेको कतारले पहिलो पटक बिश्वकपको आयोजना गर्दैछ भने ओलम्पिक्स र पारालिम्पिक्सको आयोजनाका लागि पनि तत्परता देखाएको छ ।

Click to comment

Trending