Euro 2020

इंगल्याण्डको फाइनल यात्राः ५५ बर्ष, ३ सय २ खेल, १ लाख ४० हजार माइल

Published

on

इंगल्याण्डको प्रमुख फुटबल प्रतियोगिताको फाइनल खेल्ने लामो र पिडादायी पर्खाइ बल्ल समाप्त भएको छ । ५५ बर्ष अगाडी इंगल्याण्डले आफ्नो फुटबल इतिहासको सुनौलो पानामा घरेलु मैदानमै बिश्वकप जितेको थियो ।

त्यसपछि भने खडेरी लाग्दै आएको छ ।

प्रशिक्षक आए र गए, खेलाडी छानिए अनि फालिए, खेल जितियो र हारियोतर अर्को प्रमुख प्रतियोगिताको फाइनल खेल्ने लामो पर्खाईलाई ग्यारेथ साउथगेट र उनको टोलीले अन्त्य गरेको छ ।

१९६६ को इंगल्याण्डको पछिल्लो फाइनल यात्राका दौरान पुरै देश खुशीले मस्त थियो । झण्डाहरु फरफराइए र खेलको लागि सबै टेलिभिजन सेट अगाडी झुम्मिदा बाटो सुनसान बन्न पुगे ।

कुनै पनि देशले दुई प्रमुख प्रतियोगिताको फाइनल खेल्न पर्खनु परेको यो सबैभन्दा लामो समयका दौरान अपेक्षा कहिल्यै कम नभएपनि ५५ बर्षले इंगल्याण्डलाई पिडा दिने लज्जाबोध बनाउने काम भने गरेको छ ।

बिश्वकप जितेपछि इंगल्याण्ड युएफा र फिफाले आयोजना गर्ने प्रतियोगिताहरुमा सम्भावित २८ मध्ये१४ मा नकआउट चरणमा पुगेको छ । यो ५० प्रतिशत सफलता औषत हो तर २० पटक नकआउट खेलेको जर्मनी भन्दा झण्डै २२ प्रतिशतले कम ।

हरेक इंगल्याण्ड समर्थकको दिमागमा यस दौरान सामना गर्नु परेका पिडादायी तस्विरहरु कैद भएर पनि बसेका छन् ।

१९७० को मेक्सिको बिश्वपमा गर्ड मुलरको भलि, त्यही देशमै १९८६ को डिएगो म्याराडोनाले दिएको कुख्यात ह्याण्ड अफ गड गोल, १९९० को बिश्वकप र १९९६ युरो कपमा जर्मनीसंगको टाई ब्रेकरमा पिडादायी हार, २००६ बिश्व कपमा वेन रुनीको रेड कार्ड र २०१० बिश्वकपमा फ्रांक लाम्पार्डको गोलले नपाएको मान्यता, इंंगलिस फुटबल समर्थकहरुसंग खुशी भन्दा पिडा बढी छन् ।

पोचुगल र जर्मनीले दिएको पिडा

१९६६ को बिश्वकपपछि इंगल्याण्ड आधिकारिक प्रतियोगिताहरुमा ३ सय २ खेल खेलेको छ । अर्को फाइनल खेल्नका लागि उसले अतिरिक्त समय सहित २७ हजार ५ सय ७० मिनेट मैदानमा बिताएको छ ।

ती मध्ये इंगल्याण्डले १ सय ८० खेल जितेको छ ५९ दशमलव ६० प्रतिशत सफलताका साथ । यी खेलहरुबाट इंगल्याण्डले ६ सय ४ गोल गरेको छ भने १ सय ९६ गोल खाएको छ ।

सबैभन्दा पोल्याण्डसंग खेल्दै इंगल्याण्डले ११ मा जित पारेको छ । तर सबैभन्दा ठूलो पिडा भने १९७० बिश्वकप छनौटमा भएको १(१ को बराबरीले दिएको थियो । गोलकिपर यान टोमसजिस्कीले उत्कृष्ट प्रदर्शन गर्दा इंगल्याण्ड बिश्वकपमा छनोट समेत हुन असफल रहेको थियो ।

धरै जसो छनौट खेलहरुमा सामना गरेका टिमहरुबिरुद्ध इंगल्याण्डले शत प्रतिशत नतिजा कायम राख्दै आएको छ । उसको सबैभन्दा सहज प्रतिद्वन्दी सान मारिनो रह्यो जो बिरुद्ध उसले सात खेलमा जित हात पार्दै ४२ गोल गरेको छ भने मात्र एक गोल खाएको छ ।

१९६६ यताको प्रतिस्पर्धात्मक खेलहरुमा इंगल्याण्डलाई सबैभन्दा बढी दुख पोर्चुगलले दिएको छ । पेनाल्टीमा जित हात पार्दै पोर्चुगलले इंगल्याण्डलाई २००४ युरो र २००६ बिश्वकपबाट नकआउट गरेको छ ।

जर्मनी र पोर्चुगलले इंगल्याण्डलाई प्रमुख प्रतियोगिताहरुमा समान चार पटक पराजित गरेका छन्, निर्धारित समय र पेनाल्टी सुटआउट दुवै गरेर । धेरै दुख दिने टोलीको सुचीमा आइतबारको फाइनल प्रतिद्वन्दी इंगल्याण्ड पनि रहेको छ ।

साउथगेट महान

इंगल्याण्डलाई २००२ देखि २००६ सम्म तीन वटा क्वार्टर फाइनल सम्म डोर्याएका प्रशिक्षक स्भेन गोरान एरिक्सनसंग बढी जित प्रतिशत छ । फाबियो कपेलोकेहीले मात्र पछि छन् । तर उनको रेकर्ड भने इंगल्याण्डको २०१० बिश्वकप छनौटले माथि भएको हो ।

हालका प्रशिक्षक साउथगेटको जित प्रतिशत राम्रो त छ नै प्रमुख प्रतियोगिताको सेमिफाइनल पुर्याउने एक मात्र प्रशिक्षक पनि उनी भएका छन् । साउथगेटले इंगल्याण्डलाई २०१८ को बिश्वकप र २०१९ को युएफा नेसन्स लिगको सेमिफाइनलसम्म डोर्याएका थिए ।

Click to comment

Trending