Headline

केनको निर्णायक गोलमा इङ्ल्याण्ड ईतिहासमै पहिलो पटक युरो फाइनलमा

Published

on

एक्स्ट्रा टाइममा ह्यारी केन पेनाल्टीमा चुके पनि रिबाउण्डमा गोल गरे पछि इङ्ल्याण्ड युरो ईतिहासमै पहिलो पटक फाइनलमा पुगेको छ । इङ्ल्याण्डले अब फाइनलमा इटालीको सामना गर्ने छ । इङ्ल्याण्डको यो ठुलो प्रतियोगितामा ५५ वर्ष पछिको फाइनल यात्रा हो । १९६६ मा विश्वकप जिते देखी इङ्ल्याण्ड कुनै प्रतियोगिताको फाइनलमा पुगेको थिएन ।

निर्धारित ९० मिनेटमा डेनमार्कका लागि मिकेल ड्याम्सगार्डले गोल गरेका थिए भने इङ्ल्याण्डका लागि डेनमार्कका सिमोन किएरले ‘ओन गोल’ गरेका थिए ।

डेनमार्कका लागि पहिलो गोल मिकेल ड्याम्सगार्डले ३० औँ मिनेटमा गरेका थिए । डेनमार्कले पाएको फ्रिकिकमा ड्याम्सगार्डले निकै सुन्दर गोल गरेका थिए । त्यस अघि पनि डेनमार्कले केही राम्रा गोल गर्ने मुभहरु बनाएको थियो तर सफल भने हुन सकेको थिएन । एक गोलले पछि परे पछि इङ्ल्याण्डले पनि केही अवसरहरु बनाएको थियो ।

जहाँ इङ्ल्याण्ड पहिलो हाफको ३९ औँ मिनेटमा गोल गर्न सफल भयो । बुकायो साकाले विङ्सबाट गरेको क्रसलाई रहिम स्टेर्लिङसँग बचाउने क्रममा डेनिस कप्तान सिमोन किएरले ‘ओन गोल’ गर्न पुगेका थिए ।

दोस्रो हाफमा इङ्ल्याण्ड केही समय अक्रामक देखिएको थियो । इङ्ल्याण्डका लागि ५४ औँ मिनेटमा मेसन माउण्टले लिएको फ्रिकिकमा पाएको मौकामा ह्यारी मग्वायरको हेडरलाई डेनमार्कका गोलरक्षक क्यास्पर स्माइकलले बचाएका थिए । ६० औँ मिनेटमा इङ्ल्याण्डको अर्को मौका खेर गएको थियो । ७३ औँ मिनेटमा मेसन माउण्टको प्रहारलाई स्माइकलले फेरी बचाएका थिए ।

एक्स्ट्रा टाइमको ९२ औँ मिनेटमा ह्यारी केनले प्रहार गरेको बललाई क्यासपर स्माइकलले बचाएका थिए । ९८ औँ मिनेटमा ज्याक ग्रिलिसको प्रहारलाई फेरी स्माइकलले बचाए ।

तर, १०२ औँ मिनेटमा सेटेर्लिङलाई मेहेलेले फाउल गरे पछि इङ्ल्याण्डले पेनाल्टी पाएको थियो । जहाँ ह्यारी केनले पेनाल्टीमा चुके पनि रिबाउण्डमा गोल गर्न सफल भएका थिए । स्माइकलले पेनाल्टी बचाए पनि केनले रिबाउण्डमा गोल गरेका थिए ।

एक्स्ट्रा टाइमको दोस्रो हाफमा भने डेनमार्कले अर्को मुभ बनाएका थिए । ११४ औँ मिनेटमा मार्टिन ब्रेथवेटको प्रहारलाई जोर्डन पिकफर्डले जोगाएका थिए ।

Click to comment

Trending