Euro 2020

निर्धारित समय बराबरीमा सकिए पछि दोस्रो सेमिफाइनल पनि एक्स्ट्रा टाइममा

Published

on

डेनमार्कका लागि मिकेल ड्याम्सगार्डले पहिलो गोल गरे पनि पहिलो हाफमै सिमोन किएरको ‘ओन गोल’ मा खेल १-१ को बराबरी भए पछि युरो सेमिफाइनलको दोस्रो खेल पनि एक्स्ट्रा टाइममा पुगेको छ ।

डेनमार्कका लागि पहिलो गोल मिकेल ड्याम्सगार्डले ३० औँ मिनेटमा गरेका थिए । डेनमार्कले पाएको फ्रिकिकमा ड्याम्सगार्डले निकै सुन्दर गोल गरेका थिए । त्यस अघि पनि डेनमार्कले केही राम्रा गोल गर्ने मुभहरु बनाएको थियो तर सफल भने हुन सकेको थिएन । एक गोलले पछि परे पछि इङ्ल्याण्डले पनि केही अवसरहरु बनाएको थियो ।

जहाँ इङ्ल्याण्ड पहिलो हाफको ३९ औँ मिनेटमा गोल गर्न सफल भयो । बुकायो साकाले विङ्सबाट गरेको क्रसलाई रहिम स्टेर्लिङसँग बचाउने क्रममा डेनिस कप्तान सिमोन किएरले ‘ओन गोल’ गर्न पुगेका थिए ।

दोस्रो हाफमा इङ्ल्याण्ड केही समय अक्रामक देखिएको थियो । इङ्ल्याण्डका लागि ५४ औँ मिनेटमा मेसन माउण्टले लिएको फ्रिकिकमा पाएको मौकामा ह्यारी मग्वायरको हेडरलाई डेनमार्कका गोलरक्षक क्यास्पर स्माइकलले बचाएका थिए । ६० औँ मिनेटमा इङ्ल्याण्डको अर्को मौका खेर गएको थियो । ७३ औँ मिनेटमा मेसन माउण्टको प्रहारलाई स्माइकलले फेरी बचाएका थिए ।  ९० मिनेट पछि थेपेको एक्स्ट्रा टाइममा पनि इङ्ल्याण्डले धेरै मुभ बनाए पनि सफल हुन सकेन ।

Click to comment

Trending