Headline

जातिय विभेद गरेकोमा ग्रिजमनले बार्सिलोनाको प्रायोजकसँग मागे माफि

Published

on

एिसियन मानिशहरुलाई जातिय विभेद गरेका कारण फ्रेन्च स्टार एन्टोइन ग्रिजमनले बार्सिलोनाको जर्सी प्रायोजक राकुटेनका अध्यक्षलाई फोन गर्दै माफि मागेका छन् ।

फ्रेन्च फर्वार्डले बार्सिलोनाले २०१९ मा जापानको प्री सिजन टुर गर्दा होटेलको कोठामा अर्का साथी खेलाडी ओसमान डेम्बेलेसँग टेलिभिजन बनाउन आएका होटेलका कर्मचारी माथि जातिय विभेद गरेका थिए । ग्रिजमनले त्यी कर्मचारीलाई ‘चिङ चोङ’ भन्नुका साथै डेम्बेलेले कर्मचारीलाई रुष्ट बेहोरा देखाएका थिए ।

पछिल्ला दिनमा भिडियोहरू भाईरल गरिएपछि ग्रिजमन र डेम्बेले जातिय विवेदको आरोपमा बोल्दै “म माथि लगाइएको आरोपलाई म दृढतापूर्वक खण्डन गर्छु र यदि मैले मेरा जापानी साथीहरुलाई अपमान गरेको मा म दु: खी छु।”

यो कार्य पछि ग्रिजमनले राकुटेनका अध्यक्ष हिरोसी मिकिटानीसँग कुरा गर्दै माफि मागेका थिए तर जापानिज समर्थकहरुले उनलाई माफ गरेका छैनन् । अझै पनि बिभिन्न समाजिक संजालमा ग्रिजमन र डेम्बेलेको आलोचना हुँदै आएको छ । बार्सिलोनाले भने यस विषयमा केही बोलेको छैन ।

अन्तराष्ट्रिय फुटबल भिडियो गेम कम्पनी कोनामीले पनि यो घटना पछि ग्रिजमनसँग सम्झौता रद्ध गरेको छ ।

 

Click to comment

Trending