Headline

महिला एसियन कप छनोटका लागि ४५ खेलाडी बन्द प्रशिक्षणमा

Published

on

सेप्टेम्बरमा आयोजना हुने महिला एसियन कप छनोटका खेलहरुका लागि नेपाली राष्ट्रिय महिला टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

नेपाली महिला टोली समुह ‘एफ’ मा रहेको छ । जहाँ नेपाली टोलीले हङकङ र फिलिफिन्ससँग नेपालमा खेल्ने छ ।

खेलाडीहरु गत वर्ष भएको राष्ट्रिय महिला लिगबाट छनोट हुँदै आएका हुन् । धेरै खेलाडीहरु पुरानै अनुहार भए पनि वालिङकी गोलरक्षक साबित्री किसन , अमीषा कार्की , सरस्वती हमाल, सरस्वती हमाल, बिराटनगर कि कुसुम खतिवडा, श्रीजना सिंह, आर्मीकी बिमला बि.के र चौदण्ढीगढीकी चुम्लुङमा राई पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षणमा परेका हुन् ।

प्रशिक्षण जुलाई १८ बाट सुरु हुने छ ।

खेलाडीहरू :  अन्जना राना मगर , अंजिला तुम्बापो सुब्बा ,उषा नाथ , सबित्रि किसान , सपना राई , रेणुका नागरकोटे, सरू लिम्बू, अनिता बस्नेत, अनिता केसी, गीता राना, अंजली योन्जन, प्रीति राई, निशा थोकर, श्रीजना चेम्जोङ , हीरा कुमारी भुजेल, रबीना गोले, सुषमा तामाङ , पुनम जर्घा मगर, कविता धिमाल, सुनीता चौधरी, बिमला बीके, दीपा राई, सपना लामा, रश्मि घिसिंग, शर्मिला थापा, इंदिरा राई, बिमाला चौधरी, अमृता जैसी, घिम कुमारी गुरुङ, श्रीजना खड्का, निर्मला विक, मनीषा राउत, पूजा राणा, निर्मला उपाध्याय, रेखा पौडेल, दीपा न्यौपाने, सरस्वती हमाल, सरस्वती हमाल, अमीषा कार्की, कुसुम खतिवडा, श्रीजना सिंह , ​​सबिता राना , सलोनी राना मगर, चुम्लुङमा राई

Click to comment

Trending