Headline

मेस्सी बार्सिलोनामै बस्न आफ्नै तलब तगारो

Published

on

गत महिनाको अन्त्यसँगै लियोनेल मेस्सीको बार्सिलोनासँगको सम्झौता समाप्त भएपछि बिश्व फुटबलका सुपरस्टार अहिले फ्रि एजेन्ट रहेका छन् । मेस्सी बार्सिलोनामा नै बस्ने कि अन्य कुनै क्लब जाने भन्ने चर्चा र बहस जारी नै रहेको छ ।

२१ वर्ष बार्सिलोनामा बिताइ सकेका मेस्सी आफै पनि क्याम्प नोउमै बस्न चाहन्छन् भने क्लब उनलाई फेरि त्यही राख्ने प्रयासमा छ ।

मेस्सी अर्को दुई सिजन बार्सिलोनामा नै बिताउन चाहन्छन् । मेस्सी फ्रि एजेन्ट भएको एक हप्ता बित्दा पनि किन यस विषयमा बाहिर केही सार्वजनिक भएको छैन ।

केही सञ्चार माध्यमहरूले भने मेस्सीलाई भित्र्याउन लिग वान क्लब पेरिस सेन्ट जमाईन (पिएसजी) र इंगलिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी लागि परेको र उनी दुई मध्ये एकमा जाने चर्चा गर्दै आएका छन् ।

यसका बाबजुद बार्सा अध्यक्ष योआन लापोर्टा सबै कुरा राम्रो हुँदैछ र मेस्सीलाई छिटै नै बार्सिलोनामा आबद्ध गर्ने बताउछन् ।

तर मेस्सीलाई बार्सिलोनामा आबद्ध गर्नका लागि सबै कुरा मिलेको खण्डमा पनि उनकै तलब तगारो बनेको छ । मेस्सीलाई भित्र्याउनका लागि मेस्सीले आफ्नै तलबमा भारी कटौती गर्नु पर्ने मात्र नभएर बार्साले अन्य खचमा पनि कमी गर्न पर्ने हुन्छ ।

मेस्सी र बार्सिलोना बीचको सबैभन्दा ठुलो तगारो भने बार्साको ऋण रहेको छ । बार्सिलोनाले यस अघि सार्वजनिक गरेको आर्थिक विवरण अनुसार उसको ऋण १ दशमलब २ बिलियन युरो पुगेको छ ।

ला लिगाको नियम अनुसार कुनै पनि क्लबले खर्च गर्न पाउने एउटा निश्चित रकम हुन्छ । सन् २०१९ को सिजनमा बार्सिलोनाले आफ्नो खेलाडीको लागि तलबमा सर्वाधिक ६ सय ७१ मिलियन युरो खर्च गर्न पाउने नियम थियो भने कोरोनाका कारण बार्सिलोनाको आम्दानी घट्दा अब आगामी सिजनको लागि खर्च गर्न पाउने रकम घटेर ३ सय ४८ मिलियन युरो मात्र रहेको छ ।

गत सिजन बार्सिलोनाले आफूले खर्च गर्न पाउने भन्दा पनि बढी खर्च गरेका कारण ला लिगाका अध्यक्ष जाभियर टेबासले यस सिजन कुनै पनि हालतमा त्यसो हुन नदिने चेतावनी दिएका थिए । उनले केही समय अघि मेस्सीको लागि पनि नियम परवर्तन गर्न नसकिने जनाएका थिए ।

मेस्सीले यस अघि बार्सिलोनाबाट वार्षिक रुपमा ५ सय मिलियन भन्दा बढी तलब बुझ्ने गर्दथे । आगामी दुई सिजनको लागि मेस्सी यसै रकममा मान्न तयार रहेको अवस्था पनि बार्सिलोनाले आफूले खर्च गर्न पाउने भन्दा धन्नै डेढ सय मिलियन भन्दा धेरै हुन आउँछ ।

बार्सिलोनाले मेस्सीलाईराखि रहन धेरै खेलाडीलाई बेचिसकेको छ भने केहीलाई बिक्री गर्ने प्रकृया पनि शुरु गरिसकेको छ । तर पनि त्यो पर्याप्त भने छैन ।

Click to comment

Trending