Euro 2020

एक रातको लागि मात्रै, स्पेनलाई ढाल्न पुरानो बनिदिएको इटाली

Published

on

जर्जिन्होको पेनाल्टी निर्दयी थियो । चतुर्याइपूर्ण पनि । अपेक्षा गरिए भन्दा बिल्कुल बिपरित । फुटबल कला जस्तै ।

वेम्ब्ली स्टेडियममा स्पेनलाई गिज्याउदै युरो कपको फाइनल पुगेको इटाली पहिले जस्तै सबैथोक थियो । आक्रमणको बाढीलाई निरन्तर रोक्ने, पेनाल्टी सुटआउट नहुञ्चेल आफ्नो खुट्टा अडिग बनाएर राख्ने पुरानो इटाली ।

निरन्तर बनाएको आक्रमण र तुलनात्मक रुपमा मौका सृजना गरेको कारण तपाईलाई स्पेन फाइनलको हकदार थियो लागेको होला होइन ? तर यो हकदार को हो भन्ने कुरासंग सम्बन्ध नै राख्दैन ।

२०१८ को बिश्वकपमा छनौट हुन असफल भएपछि सिरी आ बाट युवा बिकास फ्याक्टरीको उत्खननसंगै बनेको टोली पोस्टमा बिपक्षीको अनुहार अगाडीबाटै उत्सुकताका साथ आक्रमण बुन्ने र रक्षापंक्तिमा उत्तिकै मजबुत रहने यो नयां इटाली थिएन ।

यो त्यो पुराना इटाली थियो जसले बिपक्षीको आक्रमण निल्दै ‘डोर बोल्ट डिफेन्स’ मा एक शतक नै बितायो । त्यही सिस्टमको वरिपरि रहेरै चार पटक बिश्वकप उपाधि उचाल्यो ।

यो यस्तो जिद्दी इटाली थियो जो बन्न सक्ने मौकामा रुची राखिरहेको थिएन र स्कोरबोर्डमा गोल र तथ्यांकको उसलाई कुनै मतलब पनि थिएन । र यो सम्भवत हुने नै थियो ।

साना तिना कृया र प्रतिकृया रहने गरेको सबै खेल आफू भित्रै सिमित रहेको हुन्छ । फुटबलको सबैभन्दा उच्च र अत्यन्तै प्रतिस्पर्धात्मक स्तरमा परिणाम आइसके पछिको खेल त्यही मर्छ ।

अर्को खेलबाट फेरि नयां शुरुवात गर्नै पर्छ ।

जर्जिन्होले यति सुस्त र आरामले पेनाल्टी प्रहार गरेकी स्पेन गोलपिकर उनाई सिमोनले अर्को साइडमा डाइभ हानेर उठ्दा बलले पोस्टो अन्तिम भाग चुमिरहेको थियो ।

तर समुह चरणको अन्त्यसम्म आइपुग्दा स्पेनले आफ्नो उच्च लय पाउन थालिसकेको थियो ।

स्पेन बल चाहन्थ्यो । पोजेसन राख्न नै उ खेलमा आएको थियो । इटालीलाई दवाबमा राख्दै पोस्टमा आक्रमण बुन्ने थियो । त्यो संग कुनै हालमा सम्झौता गर्न आवश्यक थियो ।

इटालीले गर्यो ।

क्वार्टर फाइनलसम्म देखाएको अलग प्रदर्शनले इटालीले अझै पनि त्यो पुरानो शैलीलाई कायमै राख्न सक्नु निकै आकर्षक कुरा हो । चाहे जति नै असहज किन नदेखियोस ।

डिफेन्सको खम्बा रहेका सेन्टर ब्याक लियोनार्डो बोनुच्ची र कप्तान जर्जियो किलिनीलाई यसको श्रेय दिदा हुन्छ । तर उनीहरु दुई मै यसलाई सिमित नराख्दा राम्रो हो ।

हाल आफ्नो पोजिसनमा बिश्वकै उत्कृष्ट रहेका र पेरिस सेन्ट जर्माइनको रक्षात्मक सुधारको केन्द्रमा रहेका गोलकिपर जियानलुईजी डोनारुमा अल्भारो मोराटाको बिश्वस्तरीय गोलले बिट मात्र भएका हुन् । नत्र उनले खेल अवधिभर अनगिन्ती बचाउ गरेका थिए ।

प्रतियोगितामा आफूलाई बिश्वस्तरको खेलाडी साबित गरेका लियानार्डो स्पिनाज्जोलाको स्थान लिएका लेफ्ट ब्याक एमर्सन पाल्मेरीले उनको कमीको महसुस हुन दिएनन् । यसको कारण अन्तिम समुह चरण खेलमा शुरुवाती ११ मा खेलाउदै उनलाई यस्तो परिस्थितिका लागि तैयार बनाउनु हो ।

प्रशिक्षक रोबर्टो मान्चिनीले आफ्नो टिम नक आउटका लागि छनौट भइसकेपछि वेल्सबिरुद्धको खेलका लागि अधिकांश शुरुवाती ११ का खेलाडीहरुलाई बिश्राम दिएका थिए । उनले सबै कुरा सही गर्दै आएका छन्, युरो देखि मात्र नभएर तीन बर्ष अगाडी इटालीको बागडोर सम्हाले देखि नै ।

पेनाल्टीमा मोराटाको प्रहार रोक्नु बाहेक डोनारुमालेधेरै महत्वपूर्ण प्रयासहरुलाई बिफल पारेका थिए ।

आफ्नो शुरुवाती प्रशिक्षण करिअरमा मान्चिनी व्यवसायिक रणनीतिकारको रुपमा स्थापित भए । तर इटालीको हकमा उनले यस किसिमको संगठनलाई मैदान भित्र मात्रै सिमिति राखेका छैनन् । अव्यवहारिक नै देखिएपनि उनले झण्डै १ सय जनालाई डेब्यु गराएका छन् ।

फाइनल पुग्नका लागि स्पेनबिरुद्ध रणनीतिमा परिवर्तन ल्याउने संकेत गरेका मान्चिनीको नयां स्वरुप पाएको टोलीले उनलाई नसुन्ला त ?

गल्ति नगर्दा पनि हुन्छ । मान्चिनीको योजनालाई इटालीका खेलाडीहरुले आफू संघर्ष गरेरै भएपनि साथ दिएका छन् । मंगलवार खेलमा ७० प्रतिशत पोजेसन स्पेनकै थियो । इटालीको ‘बल पासिंग’ एक तिहाई पनि थिएन । इटालीले आफैलाई सिमित गराएर राखेको स्पष्ट थियो ।

जब अवसर आयो इटाली हावाको बेग जसरी कुद्यो । डोनारुमाले हातबाट दिएको पास फेडेरिको चिएसासम्म पुगेर गोल हुंदा जम्मा १३ सेकेण्ड लागेको थियो । एक्कासी खेलमा इटालीको अग्रता भयो । एक्कासी स्पेनको लागि गल्ति गर्ने मौका झनै सांघुरिए ।

न मोराटाको उत्कृष्ट गोलको महत्व ठूलो भयो न दुवै टोलीको तागत चुस्ने ३० मिनेटको अतिरिक्त समय उपयोगी ।

गणना अन्धाधुन्ध रहेको टाई ब्रेकरले त्यही टिमलाई साथ दिन्छ जसलाई धेरै डर हुदैन ।

इटाली कप्तान किलिनी टाई ब्रेकरमा खेल पुग्दा जति उत्साहप्रद देखिन्थे उनका स्पेनिस समकक्षी जोर्डी आलबाको ‘बडी ल्यांगवेज’ त्यो किसिमको थिएन ।

ड्यानी ओल्मोको शुरुवाती प्रहार आकाशिनुका साथै मोराटाको चौथो प्रहारलाई डोनारुमाले रोकेपछि स्पेनले दुई वटा प्रहार खेर फाल्यो । जर्जिन्हो निर्णयक पेनाल्टीमा शान्त देखिए, र निर्दयी पनि । त्यति सहज पेनाल्टी यसअघि भएका दुई वटा टाई ब्रेकरमा कसैले प्रहार नै गरेका थिएनन् ।

जर्जिन्होलाई आफू पेनाल्टीमा आरामले गोल गर्ने आभाष थियो । उनले भविष्य पहिले नै देखे जस्तै । ‘मैले नै निर्णायक पेनाल्टीमा गोल गरेर टिमलाई जिताउने छु’ जस्तो ।

खेलको अधिकांश समय यसअघि नै आफुले यो खेल खेलिसकेको जसरी डिफेन्ड गर्दै आफ्नै हाफमा क्याम्प बनाईरहेको इटाली देखियो । बिगतको इटाली र उ संलग्न खेल यस्तै हो ।

अचम्म के हो भने इटालीले जम्मा एक पटक युरो कप जितेको छ । त्यो टेलिभिजनको जमाना थियो। बिश्व फुटबलमा इटालीले जति नै उपलब्धि हात पारेपनि युरो कप उनीहरुको प्रतियोगिता होइन जस्तो भान हुन्छ ।

आइतबारको फाइनलमा इटालीलाई फेरि नयां इटालीको स्वरुपमा फर्कने मौका छ ।

एक रातको लागि मात्रै हो नयां इटालीको अनुभव नभएको । अझै भनौ उसले आफै पुरानो रुप धारण गरेको । रमाइलो अझै बाकी नै छ ।

Click to comment

Trending