Headline

मार्टिनेजले तीन पेनाल्टी बचाएपछि अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

Published

on

गोलकिपर एमिलियानो मार्टिनेजले टाई ब्रेकरमा तीन वटा पेनाल्टी बचाएपछि अर्जेन्टिना अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।

माने गारिन्चा स्टेडियममा अर्जेन्टिनाले कोलम्बियामाथि पेनाल्टी सुटआउटमा ३-२ को जित हात पार्यो । शनिबार हुने फाइनलमा अर्जेन्टिनाले अब ब्राजिलको सामना गर्नेछ । दुई टोली ८ बर्षपछि कोपा अमेरिकाको फाइनलमा भिड्ने भएका हुन् ।

निर्धारित समय १-१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय सिधै टाई ब्रेकरबाट लिइएको थियो । टाइ ब्रेकरमा मार्टिनेजले डेभिन्सन सान्चेज, येरी मिना र एडविन कर्डोनाको प्रहार बचाएका थिए । चार गोल पनि गरेका मेस्सीको जारी कोपामा यो पाचौं असिस्ट हो ।

रोद्रिगो डे पउलले गोल गर्न चुकेपनि लियोनल मेस्सी, लियान्ड्रो पारेडेस र लउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पछिल्लो तीन संस्करामा दोश्रो पटक फाइनल पुर्याउका हुन् ।

अर्जेन्टिनाले १९९३ मा जितेको कोपा अमेरिकापछि अहिले सम्म कुनै पनि प्रमुख उपाधि जित्न सकेको छैन ।

बिश्व फुटबल सुपरस्टार मेस्सीले एक पटक फेरि उत्कृष्ट प्रदर्शन देखाएपछि अर्जेन्टिना खेलमा हावी भएको थियो । मेस्सीकै असिस्टमा लौटोरो मार्टिनेजले सातौं मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर ६२ औं मिनेटमा लुईस डियाजले गोल गरेपछि कोलम्बिया खेलमा फर्किएको थियो । मेस्सीले त्यसपछि पनि केही अवसरहरु बनाएपनि गोल गर्न चुक्दा खेल टाई ब्रेकरमा धकेलिएको थियो ।

Click to comment

Trending