Euro 2020

मोराटा पेनाल्टीमा चुक्दा इटाली युरोको फाइनलमा

Published

on

टाइ ब्रेकरमा स्पेनका लागि अल्भारो मोराटा चुक्न पुग्दा स्पेन युरोको सेमिफाइनलबाटै बहिरिएको छ । निर्धारित ९० मिनेटको खेल सहीत एक्स्ट्रा टाइम पनि १-१ को बराबरीमा सकिए पछि युरो २०२० को पहिलो सेमिफाइनल टाइ ब्रेकरमा पुगेको थियो ।

इटालीका लागि अन्द्रे बेटोली, लिओनार्दो बोनुची, फेड्रिको बेर्नादेची र जोर्जिनिहोले गोल गरेका थिए । स्पेनका लागि थियागो अल्कान्टरा र गेराड मोरेनोले पेनाल्टीमा गोल गरेका थिए भने ड्यानो ओल्मो र मोराटा पेनाल्टीमा चुक्न पुगेका थिए ।

दोस्रो हाफमा इटालीका लागि किएजाले गोल गरे पछि इटाली जितको संघारमा रहेको थियो तर सब्स्टिच्युटबाट आएका मोराटाले गोल गर्दै स्पेनलाई एक्ट्रा टाइम र टाई ब्रेकर सम्म पुर्याए तर उही मोराटा पेनाल्टीमा चुक्न पुग्दा स्पेन युरोबाट सेमिफाइनलबाटै बहिरिन पुगेको हो ।

पहिलो हाफमा स्पेनको पोजिसनमा पकड बनाए पनि इटालीको डिफेन्सलाई तोड्न सकेको थिएन । पहिलो हाफमा दुवै टोलीले एक-एक प्रहार फ्रेममा राखे पनि गोल भने गर्न सकेनन् ।

दोस्रो हाफमा भने इटालीले केही समय बलमा पकड जमायो । त्यसै अनुरुपइटालीका लागि ६० औँ मिनेटमा फेड्रिको किएजाले गोल गरेका थिए । गियानलुगी डोनरुमाले दिएको थ्रु पासले सिरो इमोबिलेलाई भेटाए पनि उनले बल माथिको नियनत्रण गुमाएका थिए । तर, पछाडिबाट आउँदै किएजाले बललाई कर्ल गर्दै गोल गरेका थिए । दोस्रो हाफमा इटालीले अझै मौकाहरु बनाएको थियो । जहाँ ६८ औँ मिनेटमा किएजाले नै बनाएको मुभमा डोमिनिको बेराडी चुक्न पुगेका थिए ।

त्यस अघि स्पेनले ६५ औँ मिनेटमा अर्को मौका गुमाएको थियो । सेजार एज्पीलिक्वेटाले निकालेको क्रसमा ओर्यजाबलले हेडर चुक्न पुगेको थियो । तर, ८० औँ मिनेटमा दोस्रो हाफमा सब्स्टिच्युटको रुपमा आएका एल्भारो मोराटाले गोल गर्दै स्पेनलाई बराबरीमा पुर्याएका थिए । ड्यानी ओल्मोसँग को वान-टु पासमा एल्भारो मोराटाले गोल गरेका थिए ।

त्यस पछि स्पेनले केही राम्रो मुभहरु बनायो । इटालीलाई ८० औँ मिनेट पछि धेरै दवाब दिएको स्पेनका लागि मोराटाले मात्रै दुई मौकाहरु बनाएका थिए ।

९० मिनेट पछि खेलिएको एक्स्ट्रा टाइममा स्पेन पहिलो १५ मिनेटमा केही भारी देखिएको थियो । स्पेनले १०० औँ मिनेटमा बनाएको मुभमा मोराटा चुके पनि ओल्मोले गरेको प्रहारलाई इटालीका डिफेन्डर बोनुचीले बचाएका थिए ।

एक्स्ट्रा टाइमको दोस्रो हाफमा इटालीले केही मौका बनायो । १०९ औँ मिनेटमा इटालीका अन्द्रेए बेलोटीले गरेको प्रहार बहिरिन पुगेको थियो ।

Click to comment

Trending