Euro 2020

‘सुपर सब’ मोराटाको गोलमा खेल अतिरिक्त समयमा

Published

on

सुपर सब्स्टिच्युटको रुपमा आएका अल्भारो मोराटाले गोल गरे पछि युरो सेमिफाइनलको पहिलो खेलमा इटालीलाई ९० मिनेटमा १-१ को बराबरीमा रोकेको छ ।

पहिलो हाफमा स्पेनको पोजिसनमा पकड बनाए पनि इटालीको डिफेन्सलाई तोड्न सकेको थिएन । पहिलो हाफमा दुवै टोलीले एक-एक प्रहार फ्रेममा राखे पनि गोल भने गर्न सकेनन् ।

दोस्रो हाफमा भने इटालीले केही समय बलमा पकड जमायो । त्यसै अनुरुपइटालीका लागि ६० औँ मिनेटमा फेड्रिको किएजाले गोल गरेका थिए । गियानलुगी डोनरुमाले दिएको थ्रु पासले सिरो इमोबिलेलाई भेटाए पनि उनले बल माथिको नियनत्रण गुमाएका थिए । तर, पछाडिबाट आउँदै किएजाले बललाई कर्ल गर्दै गोल गरेका थिए । दोस्रो हाफमा इटालीले अझै मौकाहरु बनाएको थियो । जहाँ ६८ औँ मिनेटमा किएजाले नै बनाएको मुभमा डोमिनिको बेराडी चुक्न पुगेका थिए ।

त्यस अघि स्पेनले ६५ औँ मिनेटमा अर्को मौका गुमाएको थियो । सेजार एज्पीलिक्वेटाले निकालेको क्रसमा ओर्यजाबलले हेडर चुक्न पुगेको थियो । तर, ८० औँ मिनेटमा दोस्रो हाफमा सब्स्टिच्युटको रुपमा आएका एल्भारो मोराटाले गोल गर्दै स्पेनलाई बराबरीमा पुर्याएका थिए । ड्यानी ओल्मोसँग को वान-टु पासमा एल्भारो मोराटाले गोल गरेका थिए ।

त्यस पछि स्पेनले केही राम्रो मुभहरु बनायो । इटालीलाई ८० औँ मिनेट पछि धेरै दवाब दिएको स्पेनका लागि मोराटाले मात्रै दुई मौकाहरु बनाएका थिए ।

बराबरी पछि खेल अब एक्स्ट्रा टाइममा गएको छ ।

Click to comment

Trending