Euro 2020

अर्को ब्लकबस्टर युरो खेलमा भिड्दै इटाली र स्पेन

Published

on

इटाली र स्पेनिस टोली मंगलबार राती युरो कप अन्तर्गत बिश्व फुटबलको अर्को ब्लकबस्ट खेलमा भिड्दै छन् । दुई टोली बिच युरो कपमा यो लगातार चौथो भेट हुन गइरहेको हो ।

२००८ मा अष्ट्रियाको भियनामा भएको क्वार्टर(फाइनलमा इटालीलाई पराजित गर्दै स्पेन पेनाल्टीमा जित हात पारेको थियो भने त्यो संस्करणको बिजेता नै बनेको थियो ।
२०१२ मा युक्रेनको किभमा भएको फाइनलमा स्पेनले इटालीलाई ४(० ले ध्वस्त पार्दै उपाधिको रक्षा समेत गरेको थियो ।

२०१६ मा भने इटालीले अन्तिम १६ मा २–० ले हराउदै स्पेन माथि आफ्नो थोरै भए पनि बादला लिएको थियो। यसपटक दुवै टोलीका लागि फाइनलमा स्थन बनाउने सुनौलो मौका छ ।
इटाली आफ्नो ३२ खेलको अपराजित यात्रालाई लम्ब्याउने दाउमा हुने छ भने स्पेन त्यो यात्रामा पूर्णविराम लगाउनेमुडमा ।

“हामीले हाम्रो अन्तिम ३० खेलमा जसरी खेलेका छौँ त्यही अनुसार खेल्ने हो भने हामी राम्रो नतिजा सहित फाइनल प्रवेश गर्न सक्ने छौँ,” इटालीका डिफेन्डर लियोनार्डो बोनुचीले भने ।

इटालीलाई पनि उपाधि चुम्ने सपना १९६८ देखि नै छ । अन्तिम पटक १९६८ मा युरो जितेको इटालीले त्यस पछि दुई पटक विश्वकप नै जिते पनि युरो भने जित्न सकेको छैन ।

तिन पटकको बिजेता स्पेन समर्थकहरुको अविश्वासलाईनै तोड्दै फाइनल प्रवेश गर्न चाहन्छ । स्पेनका फुटबल समर्थकहरुले नै प्रतियोगिता सुरु हुनु अघि टोलीको अलोचना गरेका थिए तर प्रशिक्षक लुइस एन्रिकेले भने त्यसलाई तोडिदिएका छन् ।


स्पेनले अन्तिम १६ मा क्रोएसियालाई अतिरिक्त समयमा ५–३ ले पराजित गर्दै क्वार्टर(फाइनलमा स्विट्जरल्याण्डलाई पेनाल्टीमा पराजित गरेको थियो । अब सेमिफाइनलमा स्पेनले तीर प्रतिद्वन्दी इटालीको सामना गर्दै छ र विश्व फुटबललाई यही खेललाई लगतार चौँथो युरो कपमा नियाल्ने प्रयास गर्ने छ ।

“स्पेन जस्तो टिमसंग ऐतिहासिक वेम्बलीमा खेल्नको लागि हाम्रो अत्मविश्वास बढेको छ र हामी नतिजाका लागि पनि तयार छौ,” इटालीका भेटेरान बोनुचीले भने ।

यो खेलमा दुवै टोलीका समर्थकहरु लण्डनमा सोचे जती उपस्थिती भने हुने छैनन् । ९० हजार दर्शक क्षमता भएको वेम्बलीमा बेलायत सरकारले ६० हजारलाई उपस्थित गराउने जनाए पनि खेल मात्रै हेर्न जाने समर्थकलाई भने भिसा दिइएको छैन ।

“यो निकै आश्चर्यको कुरा हो । म यो खेलमा इंगलिस भन्दा यहां स्पेनिस र इटालीको समर्थक धेरै हेर्न चाहन्छु तर यो हाम्रो हातको कुरा होइन,” एन्रिकेलेभने ।

इटालीका लागि सबैभन्दा ठूलो झड्का प्रमुख खेलाडी लियोनार्डो स्पिनाजोलालाई गुमाउनु हो । स्पेनिस टोलीलाई प्रतियोगिताको शुरुवातमै कोरोनाले दुख दिए पनि अहिले चाहे अनुरुपकै फिट टोली रहेको छ ।

खेल नेपाली समय अनुसार १२:४५ मा सुरु हुने छ ।

Click to comment

Trending