Headline

एमबाप्पेले पिएसजीसँग नयाँ सम्झौता नगरे पुरै सिजन बेञ्चमा बिताउन पर्ने चेतावनी

Published

on

२२ वर्षीय फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पे लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँगको सम्झौताको अन्त्यमा छन् । उनको पिएसजीसँगको सम्झौता आगामी सिजनको अन्त्यसँगै सकिने छ ।

पछिल्लो सिजन एम्बाप्पे स्पेनिस ला लिगा क्लब रियल म्याड्रिड जाने चर्चा चलेको छ । पिएसजी उनीसँगको सम्झौता बढाउन चाहन्छ भने एम्बाप्पेले यस बारेमा आफ्नो केहि पनि धारणा सार्वजनिक गरेका छैनन् ।

फ्रान्सका पुर्व खेलाडी एरिक डि मेको भने एमबाप्पे पिएसजीमा नै बस्न पर्ने धारणा राख्द छन् । मेको एम्बाप्पेले क्लबसँगको सम्झौता थप्न नमानेको खण्डमा उनलाई आगामी पुरै सिजन बेञ्चमा राख्न पर्ने चेतावनी दिन्छन् । उनी लिग वान जायन्ट खेलाडीसँग झुक्न नहुने मान्यता रख्दछन् ।

फ्रान्सको लागि २३ क्याप जितेका ५७ वर्षीय मेको क्लब भन्दा एम्बाप्पे नै हाबी रहेको भए पनि पिएसजी झुक्न नहुने बताउँछन् । उनी भन्छन्: “पिएसजीले यदी एम्बाप्पेले आफ्नो सम्झौता बढाउन चाहान राख्दै नै भने तिमी पुरै वर्ष बेञ्चमा बस्न तयार रहु भन्न सक्न पर्दछ ।”

“पेरिसले यसो गर्ने पर्दछ । अहिलेको लागि मात्र नभएर आगामी दिनमा आउने खेलाडीहरुको लागि पनि नजिर बस्न सक्दछ । सबै कुरा तिमीले चाहे जस्तो पनि हुँदैन भन्ने बनाउन सक्न पर्दछ ।”

पिएसजीको लागि १२७ खेल खेल्दै एम्बाप्पेले १११ गोल गरिसकेका छन् । उनको र ब्राजिलका नेमारको संयुक्त प्रदर्शन निकै राम्रो रहेकाले पनि पिएसजी उनीसँगको सम्झौता लम्बाउन चाहन्छ ।

Click to comment

Trending