Headline

कोपाको फाइनलमा अर्जेन्टिनासंग भिड्न चाहन्छन् नेमार

Published

on

ब्राजिल स्टार फर्वार्ड नेमारले कोपा अमेरिकाको फाइनलमा आफ्नो टोली अर्जेन्टिनाको सामना गर्न चाहिरहेको बताएका छन् ।

नेमारले उत्कृष्ट ड्रिब्लिंगको नमुना प्रस्तुत गर्दै लुकास पकेटाको लागि बिजयी गोलका लागि असिस्ट गरेपछि ब्राजिल पहिलो सेमिफाइनलमा पेरुलाई १-० ले हराउन सफल भएको थियो ।

दोश्रो सेमिफाइनलमा अर्जेन्टिना र कोलम्बिया भिडिरहेका छन् । “मलाई अर्जेन्टिना चाहिन्छ । म फाइनलमा पुग्न उनीहरुलाई नै समर्थन गरिरहेको छु । अर्जेन्टिनामा मेरा केही साथीहरु छन् र मलाई लाग्छ ब्राजिलले जित्छ पनि,” नेमारले भने ।

ब्राजिल र अमेरिका पछिल्लो पटक २००७ को कोपा अमेरिका फाइनल खेलेका थिए । भेनेजुएलामा भएको फाइनलमा ब्राजिल ३-० ले बिजयी भएको थियो ।

अर्जेन्टिना फाइनलमा पुग्ने हो भने प्रतियोगिताका दुई अपराजित टिम मात्र नभएर दुई उत्कृष्ट १० नम्बर लगाउने खेलाडीहरु नेमार र उनको पुर्व बार्सिलोना साथी खेलाडी लियोनल मेस्सीबीचको भिडन्त पनि हुनेछ ।

दुवै खेलाडीले कोपा अमेरिकामा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । मेस्सीले प्रतियोगितामा चार गोल गर्दै चार असिस्ट पनि दिएका छन् भने नेमारको नाममा दुई गोल र तीन असिस्ट छ ।

डिफेन्डिंग च्याम्पियन ब्राजिलसंग अर्जेन्टिना संयुक्त आयोजक हुनु पर्ने प्रतियोगिताको फाइनलका लागि घरेलु मैदानको फाइदा हुनेछ । कोलम्बियामा सरकार बिरोधी प्रदर्शन हिंसात्मक बन्दा र अर्जेन्टिनामा कोरोना भाइरस प्रभाव पारेको ब्राजिलले कोपा आयोजना गरेको हो ।

दुई बर्षअघिको कोपा अमेरिका चोटका कारण खेल्न नपाएका नेमारले आफ्नो देशलाई २०१३ को कन्फेडेरेसन्स कप र ब्राजिलमै भएको२०१६ को ओलम्पिक्स स्वर्ण पदक जिताइसकेका छन् ।

बार्सिलोनाका लागि सबै उपाधिहरु जितिसकेका मेस्सीले भने अर्जेन्टिनालाई अहिलेसम्म केही जिताउन सकेका छैनन् । अर्जेन्टिना १९९३ को कोमा अमेरिकापछि पहिलो पटक प्रतियोगिता जित्ने प्रयासमा छ ।

Click to comment

Trending