Headline

ब्राजिल लगातार दोश्रो पटक कोपा अमेरिकाको फाइनलमा

Published

on

लुकास पकेटाले पहिलो हाफमा गरेको एक मात्र गोलको मद्दतमा ब्राजिल पेरुलाई १-० ले हराउदै लगातार दोश्रो पटक कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।

आयोजक तथा डिफेन्डिंग च्याम्पियन ब्राजिलले अब माराकान स्टेडियममा शनिबार हुने फाइनलमा अर्जेन्टिना अथाव कोलम्बियाको सामना गर्नेछ । दोश्रो सेमिफाइनल मंगलवार राति हुन गइरहेको छ ।

आफूले आयोजना गरेको हरेक कोपा अमेरिकाको उपाधि जितेको ब्राजिलले पेरुबिरुद्धको खेलमा आफू फेरि कसरी दोबेदार हो साबित गरेको थियो । पहिलो २० मिनेट भित्रै पेरु गोलकिपर पेद्रो गलेजेले नेमार र रिचार्लिसनले नजिकबाट दुई प्रहारहरु बचाउनु परेको थियो ।

त्यसपछि कासिमेरोले दुई पटक आफ्नो भाग्य प्रयास गर्दा गोल गर्न असफल भएका थिए । पेरुलाई डोमिनेट गरेर खेलेको ब्राजिलेको खेल निकै लोभलाग्दो थियो । ब्राजिलियन खेलाडीहरुले निरन्तर फ्लिक, नटमेग र ब्याकहिलको प्रयोग गर्दै पेरुलाई दवाबमा राखेका थिए ।

तर ब्राजिललाई गोल गर्न भने ३५ मिनेट लागेको थियो । बायांबाट तीन जनालाई बिट गर्दै नेमारले दिएको पासमा पकेटाले १० मिटर परबाट प्रहार गर्दै गोल गरेका थिए । उनले यसअघि चिलीबिरुद्धको क्वार्टर फाइनलमा पनि खेलकोएक मात्र बिजयी गोल गरेका थिए ।

Click to comment

Trending