अन्तर्राष्ट्रिय

अमेरिका, ओमान, मलेसिया, नामिबियाको विश्वकप आयोजना गर्ने इच्छा 

Published

on

एसोसिएट राष्ट्रहरू अमेरिका, ओमान, मलेसिया, नामिबिया, स्कटल्याण्ड र युएईले आगामी चक्रमा आयोजना हुने आईसीसीको विश्वकपका साथै ठूला प्रतियोगिताहरू आयोजना गर्ने इच्छा व्यक्त गरेका छन् । 

आज अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले ११ टेष्ट राष्ट्र र छ एसोसिएट राष्ट्रहरू गरेर कुल १७ राष्ट्रले सन् २०२४ पछि सन् २०३१ सम्म आयोजना हुने आईसीसी प्रतियोगिता आयोजना गर्नका लागि इच्छा व्यक्त गरेको जनाएको छ । अफगानिस्तानले भने कुनै पनि प्रतियोगिता आयोजना गर्नका लागि दाबेदारी प्रस्तुत गरेको छैन । आईसीसीले सबै १७ राष्ट्रहरूलाई विस्तृत प्रतिवेदन पेश गर्न पनि भनेको छ ।       

सन् २०२३ भारतमा आयोजना हुने एकदिवसीय विश्वकप पछि आईसीसीले आठ वर्षको अवधिमा समान दुई-दुई एकदिवसीय विश्वकप र च्याम्पियन्स ट्रफी तथा चार ट्वान्टी ट्वान्टी विश्वकप गरि कुल आठवटा ठुला प्रतियोगिता आयोजना गर्ने योजना यस अघि नै सार्वजनिक गरिसकेको छ ।  

आईसीसीले महिला तथा यु१९ का विश्वकप तथा टेस्ट च्याम्पियनसिपको फाइनलका लागि भने भिन्नै तरिकाका आयोजक छनोट गर्ने जनाएको छ । 


 

Click to comment

Trending