Headline

किन पियानिक र उमटिटीको सम्झौता रद्ध गर्दै छ बार्सिलोना ?

Published

on

स्पेनिस क्लब बार्सिलोनाले आर्थिक भार कम गर्नका लागि मिरालेम पियानिक र समुएल उमटिटीको सम्झौता रद्ध गर्ने भएको छ । दुवै खेलाडी हालका प्रशिक्षक रोनाल्ड कोमनको खेलका लागि फिट नहुने भए पछि दुवै खेलाडीको बार्सिलोनाले सम्झौता रद्ध गर्न लागेको हो ।

यि दुवै खेलाडीले अघिल्लो सिजन १३ खेल मात्रै खेलेका थिए । तर, अब झन यि खेलाडीहरु अर्को सिजन क्याटलान क्लबबाट देखिने छैनन् ।

३१ वर्षका पियानिक युभेन्टसबाट ६० मिलियन युरोमा क्लबमा भित्रिएका थिए । बर्सिलोनाले अझै अर्थर मेलोसँग उनलाई साटेको थियो । तर, सिजन भरी १३ खेल खेलेका पियानिकलाई कोमनले विश्वास गर्न सकेनन् ।

उमटिटीलाई पनि लियोनबाट पाँच वर्ष अगाडि ल्याएको बार्सिलोनाले धेरै उपाधि जिते पनि उनलाई हालको सिजनहरुमा शुरुवात गराएको छैन ।

आर्थिक भार कम गर्न खेलाडीहरुको सम्झौता रद्ध गरिए पनि बार्सिलोनाले यि दुवै खेलाडीको पूर्ण तलब दिनु पर्ने हुन्छ । पियानिकको अझै तीन वर्षको सम्झौता बाँकी छ र उमटिटीको दुई वर्ष । यस्तो अवस्थामा बार्सिलोनाले दुवै खेलाडीको बाँकी रहेको वर्षहरुको सम्झौता अनुरुपको पैसा दिनु पर्ने हुन्छ ।

किन खेलाडीहरुलाई पठाउन चाहन्छ बार्सिलोना ?

२०१७ देखी ऋणमा रहेको बार्सिलोनालाई कोरोनाका कारण खेलको टिकेटबाट आउने पैसा घटे पछि अझै आर्थिक भार परेको छ । त्यही कारण बार्सिलोना आफ्न खेलाडीहरुको सम्झौता रद्ध गर्दै छ ।

भर्खरै युवा फर्वार्ड फ्रान्सिस्को ट्रिन्काओलाई अनी बार्सिलोनाले वुल्भ्समा लोनमा पठाएको छ । अझै अन्य युवा खेलाडीहरुलाई पनि पठाउने स्थितीमा छ ।

बार्सिलोनाले तर अझै पनि मेस्सीको भने सम्झौता राख्नका लागि पहल गरेको छ । स्पेनिस सचार मध्यामहरुका अनुसार बार्सिलोनाले मेस्सीको नयाँ सम्झौताका लागि पैसा बचाएको बताएका छन् । तर,बार्सिलोनाले यो विन्डोमा फ्री एजेन्टका रुपमा सर्जियो अग्वेरो, मेम्पिस डिपाए र एिरिक गार्सियालाई क्लबमा भित्र्याएको छ ।

नयाँ सम्झौताका लागि पैसा बचाएको बताएका छन् । तर,बार्सिलोनाले यो विन्डोमा फ्री एजेन्टका रुपमा सर्जियो अग्वेरो, मेम्पिस डिपाए र एिरिक गार्सियालाई क्लबमा भित्र्याएको छ ।

Click to comment

Trending