Headline

रोक्किएको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीले आईतबारबाट रोक्किएको प्रशिक्षण सुरु गरेको छ । राष्ट्रिय टोलीका केही खेलाडीमा कोरोना देखिएको भनिए पनि त्यही दिन सबैको नतिजा नेगेटिभ आएसँगै आइतबारबाट टोलीले प्रशिक्षण सुरु गरेको हो ।

नेपाली टोलीले एसियन कप छनोटको तेस्रो चरण र साफ च्याम्पियनशिपका लागि तयारी गर्नका लागि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ५० खेलाडी बन्द प्रशिक्षणमा बोलाएका छन् । साफ च्याम्पियन्शिपको मिती हाल तोकिएको छैन् । एसियन कपको तेस्रो चराणका लागि भने नेपालले फेब्रुअरीमा खेल्ने छ ।

एन्फा कम्प्लेक्सको मैदानमा ५० खेलाडीलाई दुई समुहमा बिभाजन गरी बिहान र बेलुका प्रशिक्षण गराएको छ ।

राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका ५० खेलाडीः

अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार,दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा,गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का,नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल,रवी पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखि, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल,सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ


 

 

Click to comment

Trending