Headline

आर्सनलका पुर्व खेलाडी भियरा क्रिस्टल प्यालेसको प्रशिक्षकमा नियुक्त

Published

on

प्याट्रिक भियरा इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसको नयाँ प्रशिक्षक नियुक्त भएका छन् । भियरा र क्रिस्टल प्यालेस बीच सम्झौता भएको छ ।

पछिल्लो डिसेम्बर देखि कुनै पनि क्लबमा आबद्ध नभएका ४५ वर्षीय भियराले क्रिस्टल प्यालेससँग तीन वर्षको सम्झौता गरेका हुन् ।

गत सिजनको अन्त्यसँगै रोय हडसनको सम्झौता सकिए पछि क्लब प्रशिक्षक बिहिन रहेको थियो । पुर्व आर्सनलका खेलाडी भियरासँगको सम्झौता पछि प्यालेसले अब प्री-सिजनको तयारी गर्दै छ ।

भियारा भन्दा अगाडि क्रिस्टल प्यालेसले उल्भरह्यामटनका पुर्व म्यानेजर नुनो एस्पिरिटो सान्तो र डर्टमण्डका लुसेन फाभरसँग पनि कुरा गरेको थियो । सान्तोको माग क्लबले पुरा गर्न सकेन भने कुरा मिलिसकेको भए पनि लुसेनले अन्तिम समयमा आफ्नो निर्णय परिवर्तन गरेका थिए ।

फ्रान्सको लागि १०७ क्याप जितेका भियराले सन् २०१८ सम्म मेजर लिग सकर (एमएलएस) टोली न्युयोर्क सिटी सम्हालेका थिए ।

Click to comment

Trending