Euro 2020

एरिकसनको घटनाले डेनमार्क टोलीमा विश्वास थपिएको छ – कप्तान किएर

Published

on

डेनमार्कका कप्तान सिमोन किएरले युरोको पहिलो खेलमा क्रिष्चियन एरिकसन माथि घटेको घटनाले आफ्नो टोलीलाई एक बनाएको र त्यही कारणले सेमिफाइनलको यात्रा सम्म पुगेको बताए । तर, यो डेनमार्कको टोली सेमिफाइनलले मात्रै खुशी नहुने पनि उनले बताए ।

डेनिस टोलीले युरोको आफ्नो पहिलो खेलमै फिनल्याण्डसँग १-० ले पराजित भयो, दोस्रो खेलमा बेल्जियमसँग २-१ ले पराजित हुँँदा डेनमार्कको अर्को चरणमा पुग्ने आश झिनो भएको थियो । तर, अन्तिम खेलमा रुसलाई ४-१ र वेल्सलाई अन्तिम १६ मा ४-० ले हराउँदै क्वार्टरफाइनलमा पुगेको डेनिस टोली अब नयाँ ईतिहास लेख्ने बाटोमा थियो ।

जहाँ उसले क्वार्टरफाइनलमा चेक रिपब्लिकलाई २-१ ले पराजित गर्दै २९ वर्ष पछि सेमिफाइनलको यात्रा तय गर्‍यो । अन्तिम पटक १९९२ मा सेमिफाइनल पुगेको डेनमार्क त्यो समयमा युरोपियन च्याम्पियन नै बनेको थियो ।

अब भने डेनिस टोली अझै बलियो भएको कप्तान सिमोन किएर बताउँछन् ,”हामी पहिले भन्दा अझै नजिक भएका छौँ । शायद एरिकसनको घटना पछि हाम्रो टोलीमा विश्वासको भावना बढेको छ र हाम्रा खेलाडीहरु सहजै पराजित हुन चाहँदैनन्,”

“यो सबै कुराले हाम्रो खेल पनि राम्रो भएको छ र एरिकसन पनि खुशी छ,”

“यो हाम्रो लागि निकै ठुलो कुरा हो र हामी वेम्बलीमा खेल्ने छौँ र डेनिस टोलीले शतप्रतिशत दिएर खेल्ने छ,” उनले भने ।

डेनमार्कले अब आउने बिहीबार इङ्ल्याण्डको वेम्बलीमा सामना गर्दै छ ।

Click to comment

Trending