Headline

यस्तो छ कोपा अमेरिकाको सेमिफाइनल समीकरण

Published

on

शनिबार बिहान भएको खेलमा इक्वेडरलाई ३-० ले हराउँदै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान पक्का गर्‍यो । अर्जेन्टिनाको सहज जितमा रोड्रिगो डि पाउल, लौटारो मार्टिनेज र लियोनल मेस्सीले गोल गर्दै टोलीको सेमिफाइनल यात्रा सुरक्षित गरे ।

यस्तै अन्तिम सेमिफाइनलमा कोलम्बियासँग पराजित हुँदै युरुग्वे कोपा अमेरिकाबाट बहिरियो । निर्धारित ९० मिनेट मिनेटको खेल गोलरहित बराबरीमा सकिए पछी सिधै टाइ ब्रेकरमा पुगेको खेलमा कोलम्बिया ४-२ ले बिजयी बन्न पुग्यो ।

यस अघि नै ब्राजिल र पेरुले आफ्ना खेल जित्दै सेमिफाइनल यात्रा तय गरिसकेका छन् ।

यस्तो छ कोपा अमेरिकाको सेमिफाइनल समिकरण :

ब्राजिल भर्सेस पेरु | जुलाई ६, मंगलबार, बिहान ४:४५ नेपाली समय अनुसार

अर्जेन्टिना भर्सेस कोलम्बिया | जुलाई ७, वुधबार, बिहान ६:४५ बजे नेपाली समय अनुसार

 

Click to comment

Trending