Euro 2020

इंगल्याण्डको उत्कृष्ट प्रदर्शनले युक्रेन ध्वस्त

Published

on

पछिल्लो केही बर्षकै उत्कृष्ट प्रदर्शन गर्दै इंगल्याण्ड युक्रेनमाथि ४-० को फराकिलो जितका साथ युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रोमको ओलम्पिक स्टेडियममा ह्यारी केनको दुई गोलको मद्दतमा इंगल्याण्ड १९९६ पछि युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेशका लागि इंगल्याण्डले अब घरेलु मैदान मा डेनमार्कको सामना गर्नेछ ।

अन्तिम १६ को खेलमा स्विडेनबिरुद्ध सशक्त प्रदर्शन गरेको युक्रेनले इंगल्याण्डलाई कडा टक्कर दिने अपेक्षा गरेको थियो । खेलको शुरुवातमै पछि परेपनि उसले इंगल्याण्डलाई पहिलो हाफमा एक गोलको अग्रतामा रोक्दै केही आकर्षक मौका सृजना गर्दै दवाबमा पनि राखेको थियो ।

तर दोश्रो हाफको पहिलो पांच मिनेटमै इंगल्याण्डले दुई गोल गरेपछि युक्रेन मनोबैज्ञानिक रुपमै दवाबमा आयो । अवे मैदानमा इंगल्याण्डको यो सबैभन्दा सफल नतिजाहरु मध्येएकको रुपमा लिइनेछ ।

इंगल्याण्डले चोथो मिनेटमा नेखेलमा अग्रता लिएको थियो । रहिम स्टर्लिंगले निकालेको पासमा केनले सजिलैयुक्रेन गोलकिपर जर्ज बुस्चानलाई बिट गर्दै गोलको खाता खोलेका थिए ।

युक्रेनको पहिलो उल्लेखनीय मौका १८ औ मिनेटमा बनेको थियो । कायल वाकरको मिस ब्याक पासलाई भेट्टाएका रोमन यारेम्चुकले बक्सबाट गरेको प्रहारलाई इंगल्याण्ड गोलकिपर जोर्डन पिकफोर्डले बचाउदै कर्नरका लागि पठाएका थिए ।

दोश्रो हाफ शुर भएको पांच मिनेट भित्रै दुई गोल गर्दै इंगल्याण्डले खेललाई पूर्ण रुपमा आफ्नो पकडमा राखेको थियो । दुवै गोलमा असिस्ट ल्युक श को रहयो ।

केनमाथि फउल भएपछि प्राप्त फ्रि किकलाई श ले ६ यार्ड बक्स अगाडी बल खसाल्दा मग्वायरले हेडरमार्फत बुस्चानलाई बिट गरेका थिए । लगत्तै श कै क्रसमा केनले बललाई अर्को हेडर मार्फत बुस्चानको खुट्टाको बीचबाट छिराउदैटिमको तेश्रो र आफ्नो दोश्रो गोल गरेका थिए ।

लिग चरणमा गोल गर्न असफल केनले नकआउटका दुई खेलमा तीन गोल गरिसकेका छन् । इंगल्याण्डको लागि प्रमुख प्रतियोगिताहरुमा सबैभन्दा बढी गोल गर्ने फुटबलरहरुमा केन ९ गोलसहित एलन सियररसंगै दोश्रोस्थानमा उक्लिएका छन् ।

शिर्ष स्थानमा रहेका ग्यारी लिनेकरको १० गोल रहेको छ ।

६३ औं मिनेटमा मेसन माउनटको असिस्टमा जोर्डन हेन्डरसनले चौथो गोल गर्दै युक्रेनका लागि पुनरागमनको ढोका पनि बन्द गरिदिएका थिए ।

Click to comment

Trending