Euro 2020

२९ वर्ष पछि डेनमार्क युरोको सेमिफाइनलमा

Published

on

चेक रिपब्लिकलाई २-१ ले हराउँदै डेनमार्क २९ वर्ष पछि युरोको सेमिफाइनलमा प्रवेश गरेको छ । डेनमार्कका लागि थोमस डिलेनी र क्यास्पर डोलबर्गले गोल गरेका थिए भने । चेक रिपब्लिकका लागि प्याट्रिक सिचले एक गोल फर्काएका थिए । डेनमार्क अन्तिम पटक १९९२ मा फाइनल पुगेको थियो । जुन वर्ष डेनमार्कले युरोपियन च्याम्पियन्शिपनै जितेको थियो ।

डेनमार्कका लागि पहिलो गोल नै पाँचौँ मिनेटमा भएको थियो । कर्नरबाट आएको बललाई थोमस डिलेनीले ‘फ्री हेडर’ मा गोल गरेका थिए । त्यस पछि चेक रिपब्लिक पहिलो हाफ निरह बन्न पुग्यो । पहिलो हाफमा दुई राम्रा मौका बनाए पनि चेकले गोल गर्न सकेन । २६ औँ मिनेटमा प्याट्रिक सिकले गरेको प्रहारलाई डेनमार्कका डिफेन्डरले किल्यर गर्दिएका थिए ।

डेनमार्कले पहिलो हाफमै आफ्नो अग्रता दोब्बर बनायो । ४२ औँ मिनेटमा जोकिम मेहेलेले दिएको उत्कृष्ट आउट फुट पासमा क्यास्पर डोलबर्गले गोल गर्दै डेनमार्कलाई २-० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा चेक रिपब्लिक गोल फर्काउन सफल भयो । पहिलो हाफ सकिए पछि दुई सब्सटिच्युट गर्दै दोस्रो हाफको पहिलो मिनेट देखी नै अक्रमक खेलेको चेक रिपब्लिकले ४९ औँ मिनेटमा प्याट्रिक सिकले गोल गर्दै खेल २-१ को स्थितीमा पुर्याएका थिए । ६१ औँ मिनेटमा डेनमार्कका लागि मार्टिन ब्रेथवेट चुक्न पुगेका थिए । ७८ औँ मिनेटमा युसेफ पोलसेनको प्रहारलाई चेकका गोलरक्षक टोमस भल्सिकले जोगाएका थिए । फेरी ८२ औँ मिनेटमा मेहेलेको प्रहारमा भाल्सिक बाधक बन्न पुगे ।

चेकले दोस्रो हाफमा दवाब बनाए पनि अर्को बराबरी गोक भने गर्न सकेन् र क्वार्टरफाइनलबाट बहिरिन पुग्यो । डेनमार्कले भने अब सेमिफाइनलमा इङ्ल्याण्ड र युक्रेनको बिजेतासँग खेल्ने छ ।

Click to comment

Trending