Euro 2020

युरोबाट बाहिरिएका स्पिनाज्जोलाका लागि भएपनि उपाधि जित्न चाहन्छ इटाली

Published

on

इटाली विंगर लोरेन्जो इन्सिग्नेले युरो कपबाट बाहिरिएका लियोनार्डो स्पिनाज्जोलालाईउपाधि जित्दै सम्मान गर्ने बताएका छन् ।

जारी युरोमा इटालीको आक्रमणलाई अझै सशक्त बनाएका लेफ्ट ब्याक स्पिनाज्जोला शुक्रबार बेल्जियमबिरुद्ध खेलको दोश्रो हाफको अन्त्यतिर अकिलिस टेन्डन (कुर्कुच्चा जोड्ने नशा) को चोटका कारण बाहिरिएका थिए ।

२८ बर्षिय स्पिनाज्जोला अब केही महिनाका लागि मेदानबाट बाहिरिनेछन् । “यो हाम्रो लागि ठूलो क्षति हो । उनी टिमको लागि निकै महत्वपूर्ण खेलाडी हुन् । अब हामी उनकै लागि भएपनि प्रतियोगिताको उपाधि जित्न चाहन्छौं । कम से कम फाइनल भएपनि पुग्ने पर्ने छ,” म्युनिखमा शुक्रबार बेल्जियमलाई २-१ ले पराजित गर्दा शान्दार दोश्रो गोल गरेका इन्सिग्नेले भने ।

वेम्ब्लमिा मंगलवार हुने सेमिफाइनलमा इटालीले स्पेनको सामना गर्न गइरहेको छ । शनिबार इटालीको टोलीले स्पिनाज्जोला प्लेन चढेर म्युनिख छोड्न लाग्दा उनलाई दिएकोसम्मानको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

“मलाई स्पिनाको लागि निकै नराम्रो लागिरहेको छ । उनी यसको हकदार थिएनन् । उनी युरोके उत्कृष्ट मध्येका एक खेलाडी थिए,” इटाली प्रशिक्षक रोबर्टो मान्चिनीले भने ।

चार पटकको बिश्वकप बिजेता इटालीका समर्थकहरु अब अज्जुरीले युरो कप उचालेको सपना देखिरहेका छन् । सन् २००६ को बिश्वकप जितेको इटालीले५३ बर्ष यता युरो कप जितेको छैन । उ पछिल्लो पटक २०१२ को फाइनलमा पुगेको थियो तर स्पेनसंग ४(० ले नराम्ररी पराजित हुन पुगेको थियो ।

Click to comment

Trending