Euro 2020

१९९२ दोहोर्याउने सपना देखेको डेनमार्कको लागि चेक चुनौति

Published

on

डेनमार्क १९९२ मा युरोपियन उपाधि जितेको आफ्नो टोलीकोपदचिन्ह पछ्याउन चाहन्छ तर युरोकपको सेमिफाइनल प्रवेश गर्ने आशामा यसअघि पनि स्तब्ध बनाएको चेक रिपब्लिकको चुनौति असिमित देखिन्छ ।

समुह चरणमा फिनल्याण्ड र बेल्जियमसंग लगातार पराजित भएपछि डेनमार्क चाडै बाहिरिनेखतरा थियो । पहिलो खेल उसको स्टार खेलाडी क्रिष्चियन एरिक्सनकोमैदानमै अचेत भएर ढल्दाको अवस्थाले छायांमा परेको थियो ।

तर कोपनहेगनमा घरेलु समर्थकको साथ पाएको डेनमार्कले रुसलाई अन्तिम समुह चरणको खेलमा ४-१ ले हरायो । र एम्स्टरड्याममा वेल्सलाई अन्तिम १६ को खेलमा ४-० ले ध्वस्त बनाउदै क्वार्टर फाइनलमा प्रवेश गर्यो ।

२९ बर्ष अघि युरो कपको उपाधि नै जितेयता डेनमार्क कुनै पनि प्रमुख फुटबल प्रतियोगिताको सेमिफाइनलमा सम्म पनि प्रवेश गर्न सकेको छैन । १९९२ मा छनौट हुन असफ रहेपनि अन्तिम क्षणमा युगोस्लाभियाको स्थान लिएको डेनमार्कले उपाधि जित्दै सनसनी मच्चाएको थियो ।

यो यस्तो मौका हो जुन शायद हामीलाई फेरि फर्किएर आउदैन । यहांसम्म आइपुग्नका लागि धेरैले मिहिनेत गरेका छन् । यो मौकालाई हामी जसरी भएपनि सदुपयोग गर्न चाहन्छौं, अजरबैजानको बाकुमा हुने खेलअघि डेनमार्क प्रशिक्षक क्यास्पर ह्युलमण्डले भने ।

१९९२ मा युरो कप जितेको डेनिस टोली

एकपछि अर्को खेलमा बलियो देखिदै आएको डेनमार्कले शनिबार जित हात पार्ने हो भने उसले वेम्ब्लीको सेमिफाइनलमा इंगल्याण्ड अथवा युक्रेनको सामना गर्नेछ ।

दोश्रो खेलदेखि एरिक्सनको स्थान लिएका मिकेल ड्याम्सगार्डले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । रुसबिरुद्ध उनले डेनमार्कको लागि गरेको पहिलोगोल हेर्न लायक थियो ।

“मेरो लागि वेल्सबिरुद्धको खेल करिअरकै सबैभन्दा ठूलो थियो । अबको खेल त्यो भन्दा ठूलो हुन गइरहेको छ । यो सबै कुराहरु मेरो लागि अविश्वसनीय छ,” ड्याम्सगार्डले भने ।

एरिक्सनलाई छोड्ने हो भने ह्युलमन्डसंग प्रशस्त बिकल्प रहेका छन् । आरबी लाइपजिगका फर्वार्ड युसुफ पोल्सेन एक घण्टाका लागि भएपनि फिट देखिन्छन् ।

डेनमार्क पछिल्लो पटक २००४ मा युरो कपको अन्तिम ८ मा प्रवेश गरेको थियो । त्यही खेलमा पाभेल नेदभेटको प्रेरणामा रहेको चेक रिपब्लिकलेमिलान बारोसको दुई गोलको मद्दतमा ३(० को जित हात पारेको थियो ।

कोपनहेगन टाउन हल स्क्वायरमा बसेर हरेको त्यो खेलको अनुभव मेरो लागि निकै तितो थियो । हामी उनीहरुलाई सजिलै हराउन सक्छौं भन्ने लागेको थियो । तर परिणाम निकै खराब निक्लियो, हालको टोलीका डिफेण्डर माथियस यार्गेन्सनले सम्झिए ।

बाकु टुरलाई लिएर क्रुद्ध चेक

१० खेलाडीमा सिमित नेदरल्याण्ड्सलाई २-० ले पराजित गर्दै प्रभावशाली प्रदर्शन गरेको चेक बाकुमा गएर खेल्न पर्दा भने सन्तुष्ट देखिएको छैन । हंगेरीको पुस्कार अरिनामा नेदरल्याण्ड्सलाई हराउदा चेक रिपब्लिकसंग ७ हजार दर्शकको समर्थन रहेको थियो । तर अजरबैजानी राजधानी सम्म भ्रमण गर्न समर्थकहरुलाई गाह्रो हुने देखिन्छ ।

“बुडापेस्टको माहौलमा खेलिसकेपछि यति लामो यात्रा लय गर्दै खाली रंगशालमा खेल्नु पर्दा राम्रो महसुस हुदैन । हामी सबै यो बिषयलाई लिएर दुखी छौं । तर यसलाई लिएर केही गर्न पनि त सक्दैनौं,” चेक मिडफिल्डर पेट्र सेभिकले भने ।

चेक रिपब्लिकका लागि प्याट्रिक सिक नयां इतिहास बनाउन नजिक छन्

चेक रिपब्लिक पनि २००४ पछि नै प्रमुख फुटबल प्रतियोगिताको क्वार्ट र फाइनलमा प्रवेश गरेको हो । त्यस बेला चेक रिपब्लिक ग्रिससंग सेमिफाइनलमा हार्न पुगेको थियो । ग्रिस ले पछि युरो कपकै उपाधि उचालेको थियो ।

फर्ममा रहेका स्ट्राइकर प्याट्रिक सिकको भर परेको चेक रिपब्लिकले जारी युरोको चार खेलमा मात्र दुई गोल खाएको छ । बायर लेभरकुसनबाट खेल्दै आएका सिकले चार गोल गरिसकेका छन् । यसमा स्कटल्याण्डबिरुद्धको युरो इतिहासकै उत्कृष्ट गोल पनि पर्दछ ।

गोल्डेन बुटलको दौडमा सिक पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोभन्दा मात्र एक गोललेपछि छन् । चार अथवा त्यो भन्दा बढी गोल गर्ने खेलाडी हालको युरोमा अहिले पनि खेलिरहेका एक मात्र खेलाडी हुन् ।

२००४ मा बारोसपछि सिक पहिलो पटक चेक रिपब्लिकका लागि युरो कप इतिहासका सर्वाधिक गोलकर्ताबन्ने दौडमा छन् । “पक्कै पनि हामी पाटाले गोल्डेन बुट जितेको हेर्न चाहन्छौं । यसको लागि हामी उनलाई मद्दत गर्न सकेसम्म धेरै गर्नेछौं,” सेभिकले भने ।

Click to comment

Trending