Headline

मेसुके र स्टेफन समिर एनआरटीमा

Published

on

ए डिभिजन लिग क्लब न्यु रोड टिम (एनआरटी) ले असोज ३ गते देखी सुरु हुने सहिद स्मारक ए डिभिजन लिगका लागि दुई खेलाडी अनुबन्धन गरेको छ ।

एनआरटीले मेसुके ओलोमेउ र स्टेफन समिरलाई नयाँ सिजनका लागि अनुबन्धन गरेको हो । यि दुवैले नेपाल सुपर लिगमा काठमाडौँ रेजर्सबाट खेलेका थिए । काठमाडौँ रेजर्सले नेपाल सुपर लिगको उपाधि जित्दा मेसुके सर्वाधिक गोलकर्ता भएका थिए ।

एनआरटीले चार विदेशी खेलाडीको कोटामा दुई खेलाडी अनुबन्धन गरेको हो ।

“म यो क्लबबाट खेल्न पाउँदा खुशी छु र मेरो आशा भनेको मैले लिग जित्ने हो । म जहाँ खेले पनि मेरो लक्ष्य सधैं च्याम्पियन बन्ने हो,” मेसुकेले भने ।

“यी दुवै खेलाडीले नेपाल सुपर लिगमा उत्कृष्ट खेलेका थिए अब एनआरटीमा पनि त्यही लयमा खेल्ने आशा गरेको छु,” प्रशिक्षक राजु काजी शाक्यले भने ।

Click to comment

Trending