Headline

पेरु र ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

Published

on

लुकास पेक्वेटाले गरेको गोल निर्णायक बने पछि साविक बिजेता ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

चिलीले पहिलो हाफमा ब्राजिललाई लय समाउन दिएको थिएन तर पहिलो हाफ सक्किए पछि रोबेर्टो फेर्मिनोको स्थानमा आएका पक्वेटाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । ब्राजिल ४८ औँ मिनेटमा १० खेलाडीमा सिमित भएको थियो । गाब्रियल जिजसलाई रेफ्रीले रातो कार्ड देखाएका थिए ।

१० खेलाडीमा सिमित ब्राजललाई लगतार दवाब दिए पनि गोल भने गर्न नसके पछि चिली कोपा अमेरिकाबाट बहिरिन पुग्यो । अर्को खेलमा पेरुले पराग्वेलाई पेनाल्टीमा ४-३ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

निर्धारित ९० मिनेटको समयमा ३-३ को रोमान्चक बराबरी भएको खेलको टाइ ब्रेकरमा पेरुले जित हात पारेको हो ।

कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा अब ब्राजिलले पेरुसँग सेमिफाइनल खेल्नेछ ।

Click to comment

Trending